थारू सांसदले उठाए संसदमा स्वर्गद्वारी गुठीको समस्या

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले नेपाली खेलाडीले विभिन्न खेलकुदमा कीर्तिमान राखिरहेको अवस्थामा सरकारले ती खेलाडीलाई आवश्यक प्रोत्साहन गर्न नसकेको बताएका छन्। उनले पुरुष र महिला खेलाडीबीच विभेद गर्न नहुने बताए।

त्यस्तै एमाले सांसद आस्माकुमारी चौधरीले स्वर्गद्वारीमा गुठीको समस्याले किसान धर्नामा बसेकाले उनीहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्।

नेपाली कांग्रेसका सांसद कल्पना चौधरीले राष्ट्रिय गौरवको आयोजना कार्यान्वयनमा प्रभावकारीताका लागि ध्यानाकर्षण गराइन्। नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले विकास निर्माणका योजना वितरणमा पक्षपात देखिएको भन्दै आगामी दिनमा त्यस्तो हुन नहुने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *