खिचरा महाेत्सवकाे नवाैं संस्करण पुस २८ गतेदेखि

“राष्ट्रिय एकता र विविधता हाम्राे शान, बहुजाति भाषा संस्कृति नेपालकाे पहिचान” भन्ने मूल नारासहित विगत नाै वर्षदेखि हुँदै आएकाे खिचरा महाेत्सवकाे नवाैं संस्करण पुस २८ देखि माघ १० गतेसम्म हुने भएकाे छ।

महाेत्सवलाई भव्य रूपमा सम्पन्न गर्नका लागि थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापति रामेश्वर चाैधरीकाे संयाेजकत्वमा २०१ सदस्यीय मूलआयाेजक समिति र १५ वटा विभिन्न विषयगत समिति गठन गरिएकाे छ।

खैरहनी नगरपालिका वडा नं. ५, गाैचरनमा हुने उक्त महाेत्सवकाे समुदघाटन पुस २८ गते बागमती प्रदेशका अर्थमन्त्री बहादुर सिंह लामाकाे प्रमुख आतिथ्यतामा हुने संयाेजक रामेश्वर चाैधरीले पत्रकार सम्मेलनमा बताए।

खैरहनी नगरपालिका र थाकस चितवन जिल्ला कार्यसमिति संरक्षक रहेकाे महाेत्सवकाे सहआयाेजक खैरहनी उद्याेग वाणिज्य संघ रहेकाे छ।
महाेत्सवमा प्रवेश गर्न टिकट शुल्क पचास रूपैयाँ तथा विद्यार्थीलाई तीस रूपैपाँ कायम गरिएकाे छ। ज्येष्ठ नागरिक एवं अपाङ्गलाई परिचय पत्रकाे आधारमा निःशुल्क प्रवेश दिने जनाइएकाे छ। यस वर्ष खल्ती एप्पबाट समेत टिकट लिन सकिने व्यवस्था मिलाएकाे आयाेजकले जनाए।

१२ दिनसम्म चल्ने महाेत्सवकाे हरेक दिन थारू साँस्कृतिक नाचगीतका साथै राष्ट्रिय तथा स्थानीय गायक तथा कलाकारकाे गायन तथा नृत्य प्रस्तुति हुने जनाइएकाे छ। महाेत्सवमा १५० वटा व्यापारिक स्टल रहनुका साथै प्रतियाेगितात्मक कृषि उपज प्रदर्शनी, थारू हस्तकला प्रदर्शनी, बाल उद्यानका साथै खिचरा डान्स आइडल, निःशुल्क स्वास्थ्य शिबिर एवं रक्तदान कार्यक्रम आयाेजना गरिएकाे छ। समापन समाराेहमा आदिवासी जनजाति सवालमा सक्रिय रहने चितवनका एक जना पत्रकारलाई नगदसहित सम्मान गरिने आयाेजकले जनाए।

खिचरा महाेत्सवका संस्थापक संयाेजक नारायण प्रसाद महताे र निवर्तमान संयाेजक कृष्णलाल चाैधरी र थाकस चितवनका सभापति ललित कुमार चाैधरीले पत्रकारहरूकाे प्रश्नकाे जवाफ दिएका  थिए भने चन्द्रा कुमारी चाैधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। पत्रकार सम्मेलनमा खैरहनी नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष छत्रनाथ सुवेदी, वडा नं. ७ का वडाध्यक्ष मनेजर महताे र वडा नं. ९ का वडाध्यक्ष बन्धुराम महताे र थारू पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष सन्त कुमार चाैधरी उपस्थित थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *