श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको विशेष पूजा नेपाली पूजारीले गर्ने

भारतको अयोध्यास्थित श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको विशेष पूजा नेपाली पूजारीले गर्ने भएका छन्। श्रीराम जन्भूमि तीर्थ क्षेत्रले विशेष पूजाका लागि नेपालका विशेष पूजारीलाई निम्ता गरेको बताएको छ।

श्रीराम जन्भूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले विशेष पूजाका लागि नेपाली पूजारी आचार्य दुर्गाप्रसाद गौतमलाई निम्ता गरेको बताए। आचार्य गौतम झापाको मेचीनगर निवासी हुन्। महामन्त्री रायका अनुसार विशेष पूजा जनवरी १६ (माघ २)मा सुरू हुँदैछ। उक्त विशेष पूजा २२ जनवरी (माघ ८) सम्म चल्नेछ।

श्रीराम जन्मभूमि मन्दिरको शिलान्यास भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दैछन्। आचार्य गौतमले प्रधानमन्त्री मोदीलाई वैदिक मन्त्रोच्चारसहित शिलान्यास गराउने कार्यक्रम रहेको महामन्त्री रायले बताए।

आचार्य गौतमले श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको विशेष पूजाका लागि आफूलाई निम्तो आएको बताए। उनले भारतबाट विशेष निम्तो पाउनु गौरवको विषय भएको बताए। ‘भारतको प्रधानमन्त्रीलाई पूजाको विधिबाट शिलान्यास गराउनु मेरो लागि सौभाग्यको कुरा हो,’ उनले भने। उनले मन्दिरको निर्माणपछि मूर्ति प्राण प्रतिष्ठामा पनि निम्तो आएको बताए। यस खालको निम्तो देशकै लागि गौरवको विषय भएको उनले बताए।

प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन नेपालका विभिन्न सम्मानित सन्त र धार्मिक संगठनका प्रमुखहरूलाई निम्तो दिइएको महामन्त्री रायले बताए। विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्र सिंहले नेपालबाट झण्डै ३०-३५ जना साधुसन्त प्राण प्रतिष्ठामा सहभागी हुने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *