टी-२० विश्वकपको तालिका सार्वजनिक, नेपालले चार शक्तिशाली राष्ट्रसँग खेल्ने

आइसीसी टी-२० विश्वकपमा नेपालले समूह डीमा परेको छ। आइसीसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह डीमा रहँदै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्ने भएको हो।

नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यस्तै दोस्रो खेल जुन ११ मा श्रीलंकासँग, तेस्रो खेल जुन १४ मा साउथ अफ्रिकासँग र अन्तिम खेल जुन १६ मा बंगलादेशससँग खेल्नेछ। नेपालले दुई खेल वेस्ट इन्डिज र दुई खेल अमेरिकामा खेल्ने आइसीसीले जानकारी दिएको छ।

आइसीसीले टी-२० विश्वकपमा पुगेका २० टोलीलाई चार समूहमा विभाजन गरेको छ। समूहमा एमा भारत र पाकिस्तानसँगै, आयरल्यान्ड, क्यानडा र अमेरिका रहेका छन्। त्यस्तै समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन् भने समूह सीमा न्युजील्याण्ड, वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *