राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान काठमाडौं आइपुगेका उनी पौडेललाई भेट्न शीतल निवासमा पुगेका हुन्।

भेटमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताए।

राष्ट्रपतिले कृषि,ऊर्जा शक्ति,पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गरेका थिए।

विदेशमन्त्री जयशंकर शुक्रबार शुक्रबार बिहान ८ बजे पशुपतिनाथ मन्दिरमा पूजा गर्ने र मध्यान्ह १२ बजे भारत फर्किने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *