टीकापुर घटना : संविधान दिवसमा रिहाई भएका अन्य ३ जनाविरुद्ध पनि पर्‍यो सर्वोच्चमा रिट

टीकापुर घटनामा संलग्नहरुलाई गैरकानूनी रुपमा कैद मिनाहा गरी रिहा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । घटनामा मारिएकाका आफन्तहरुले टिकापुर घटनामा संलग्न भएको आरोपमा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदिप चौधरीको कैद मिनाहा गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय उल्ट्याउनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

गत मंगलबार दर्ता भएको रिट निवेदनमाथि विहीबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ । रिट निवेदनमा शारदा कठायत र मन्धरा देवी विष्टले कानूनविपरीत भएको कैद छुट बदर हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले केही दिनअघि रिगल ढकालको मुद्दामा भएको आदेशलाई समेत आधार मानेर आफ्नो रिट निवेदन सुनुवाइ हुनुपर्ने माग गरेका छन् । गत ३ असोजमा संविधान दिवसका अवसरमा टीकापुर घटनामा दोषी भई कसुरदार ठहरिएका तीन जनाको कैद मिनाहा भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *