लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडक र सदनबाट आन्दोलन थाल्ने रेशम चौधरीको घोषणा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। सर्वोच्च अदालतले टीकापुर घटनासम्बन्धी आदेशको पूर्ण फैसला सार्वजनिक गर्दै घटनामा रेशम चौधरीको संलग्ता रहेको ठहर गर्दै राष्ट्रपतिबाट पाएको आममाफीप्रति प्रश्नसमेत गरेको छ।

सोही फैसलापछि संरक्षक चौधरीले राजनीतिमा घुसपैठ गराएर आफ्नै मान्छे प्रयोग गरेको आरोप लगाएका छन्। उनले गद्धार चिनिसकेको बताउँदै समय आएपछि सबै प्रकारको सामना गर्न तयार रहेको प्रस्ट पारेका छन्।

‘लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्नुपर्छ। अब प्रतिबेदन सार्वजनिक नगरे हामी सडक, सदन, सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुनेछौं। सबैकुरा मैले बोल्नैपर्छ भन्ने छैन,अन्तरंग सबैकुराले हामीमाथिको व्यबहार पुष्टि गर्छ। हामीले सबैकुरा सह्यौं,सहिराखेकाछौं तर कहिलेसम्म सहने? हाम्रो बिसुद्ध राजनीतिमा घुसपैठ गराएर अझै पुनः हाम्रै मान्छे प्रयोग गरेर हामीलाई अलग्याउन खोज्नु कदापि राम्रो होइन। हामीले हामी भित्रका गद्दार चिनेकाछौं तर मुख खोलेका छैनौं,यसको मतलब यो होइन कि हामी अन्जान छौं। समय आए सबै प्रकारको सामना गरिन्छ,’ उनले भनेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *