नागरिक उन्मुक्तिले मुद्दा बिर्सियो, थारुको पार्टी भनेर पहाडी पार्टी बनायो : रामजनम चौधरी

नागरिक उन्मुक्तिले मुद्दा बिर्सियो, थारुको पार्टी भनेर पहाडी पार्टी बनायो : रामजनम चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी नागरिक उन्मुक्ति पार्टीप्रति आक्रोश पोखेका छन्। थारूको पार्टी भनेर पहाडी पार्टी बनाएको भन्दै उनले आक्रोश पोखेका हुन्। बर्दियामा मंगलबार भएको अन्तर्क्रियामा बोल्दै उनले नागरिक उन्मुक्ति पार्टीमा सबै पदाधिकरी पहाडी रहेको बताए।

‘नागरिक उन्मुक्ति पार्टीको प्रवक्ता दामोदर पण्डित, महासचिव रतन थापा, संरक्षक हिमाञ्चलन भट्टराई। अनि भन्नेबेला थारुको पार्टी भन्ने अनि पहाडी पार्टी बनाउने। ढकियामा पहाडी समुदाय पसिसकेपछि कहाँ रह्यो थारुको पार्टी?,’ उनले प्रश्न गरे।

‘तोहर छावा जेलम परल बा’ भनेर लालवीरले आफ्नो छोरालाई रिहाइ गराए पनि टीकापुर राजबन्दीहरू अझै रिहाइ हुन नसकेको उनको आरोप छ। ढकिया भोट दिने कैलालीका जनता पीडित भएको उनको भनाइ छ। ‘कैलालीका जनताहरूले यतिबेला भनिरहेका छन्- भोट देली ढकियामे सब थारु फोकियामे,’ उनले भने।

नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ मन्त्री भए पनि संघीय शिक्षा ऐनको विरोध गर्न नसकेको उनको आरोप छ। उनले सबै थारुहरूले रेशम चौधरी र रञ्जिता श्रेष्ठलाई यसबारे प्रश्न गर्न आह्वानसमेत गरे।

भिडियो हेर्नुस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *