थारुमाथि प्रहरीको अन्धाधुन्ध गोली प्रहार (भिडियोसहित)

‘बाघबाट बचाउनुस्’ भन्दै स्थानीय प्रशासनविरुद्ध प्रदर्शन थालेका बर्दिया मधुवन नगरपालिकाको ओराली बजार आसपासका थारुहरुमाथि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको छ। स्थानीय महिलालाई बाघले घाइते बनाएपछि खाता करिडोर आसपासका थारुहरु सोमबार आन्दोलित बनेका थिए। उनीहरुले बाघलाई स्थानान्तरण गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका थिए।

थारुहरुको प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको स्थानीहरुले बताएका छन्। गोलीबाट १८ वर्षीया नविना चौधरीको मृत्यु भएको छ। अन्य  दुई जनालाई पनि गोली लागेको र उनीहरुको उपचार भइरहेको स्थानीयहरुको भनाइ छ।

‘गोली नै चलाउनुपर्ने अवस्था थिएन,’ स्थानीयवासी सुरेश पन्थले भने, ‘प्रहरीको ज्यादती भयो। वन्यजन्तुपीडितमाथि प्रहरीले थप पीडा थपेको छ।’ स्थिति तनावपूर्ण देखिएपछि अहिले त्यहाँ थप प्रहरी बल तैनाथ गरिएको छ। गाउँगाउँबाट ठूलो संख्यामा मानिसहरू ओराली बजारमा भेला हुन थालेको स्थानीयले बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *