अमनलाल मोदीले नागरिक उन्मुक्ति पार्टीलाई किन दिए धन्यवाद?

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले आफूले अथक मेहनत गरेर तयार पारेको संघीय निजामती ऐनलाई परिवर्तन गरेको भन्दै आपत्ति जनाएका छन्। संसदको विशेष समयमा बोल्दै युवा नेता मोदीले आफूले तयार मोडलको रूपमा तयार पारेर मन्त्रिपरिषदबाट पनि पास गराइसकेको अवस्थामा परिवर्तन गर्नु राम्रो नभएको बताए। उनले ती कुराहरू छलफलको विषय हुनसक्ने भन्दै संसदको ध्यानाकर्षण जनाए।

उनले प्रहरी र कर्मचारी समायोजनलाई टुंग्याएर संघीयता कार्यान्वयन गर्नुपर्ने बताए। उनले सामानुपाति समावेशिताको सबाल पनि ओझेल परेको बताए। उनले थारु, दलितलगायत पिछडिएका वर्ग र भौगोलिक हिसाबले पछि परेकाहरूले पनि समान अवसर पाउनुपर्ने बताए।

उनले नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेकोप्रति धन्यवाद पनि दिए। ‘नागरिक उन्मुक्ति पार्टी आन्दोलनबाट जन्मिएको पार्टी हो। समाजमा केही गरौं। हाम्रो समाज अन्यायमा पर्‍यो भन्दै जनताको बीचमा काम गर्ने सोँचले सरकार गठन गरेको छ। यो सरकारले जनताको चाहनाअनुसार काम गर्न सक्नुपर्छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *