रञ्जितालाई ठाकुरसिंह थारूको प्रश्न- तपाईँको राजीनामा माग्ने ससुरा लालविरजीलाई कहिले कारबाही गर्ने?

प्रिय केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठज्यु,
विगत केही महिनादेखि हाम्रो गौरवशाली पार्टीमा नयाँ गठबन्धन सरकारलाई लिएर विवाद भइरहेको यहाँलाई अवगत नै छ। विवादलाई लिएर सुदूरपश्चिम प्रदेशका माननीय इन्द्रा गिरी, घनश्याम चौधरीलाई कारबाही गरिसक्नुभएको कुरा स्मरण नै होला। आफ्ना कार्यकर्ताको राजनीतिक भविष्य नै समाप्त गर्नेगरी गरिएको कारबाहीको समर्थन म कसरी गर्न सक्छु अध्यक्ष ज्यु?

रह्यो कुरा, संघीय मा. गंगाराम चौधरी र लालविर चौधरीलाई छिटो कारबाही गरेको हेर्न मन छ। कारण स्पष्ट छ, तपाईँको भासामा अवैधानिक महासचिव मा. गंगा चौधरीले तपाईंको अनुमति बिना महासचिवको हैसियतले चैत २३ र २४ गतेको बैठक किन बोलाउनुभयो? त्यही बैठकमा मा. लालविर चौधरीले तपाईं अध्यक्षलाई कारबाही किन नगर्ने भन्दै भाषन गर्नुभयो? यति गर्दासम्म उहाँलाई किन कारबाही नहुने? अध्यक्षको अनुमतिबिना बैठक बोलाउनु के विधान सम्मत छ? आफ्नै अध्यक्षविरुद्ध बोल्न लालविरजीलाई छुट छ? ढिलो नगर्नुस् छिटो कारबाहीको पत्र हेर्न मन छ? होइन भने हामी के बुझ्ने? ससुरालाई कारबाही नहुने अरुलाई कारबाही गर्ने?

अर्को कुरा, सुदुरपश्चिमका मा. लक्षमण जोगेठ्वा, प्रमुख सचेतकलगायत तीन जना माननीय अझै पनि तपाईंको सम्पर्कमा आउन चाहनुभएको छैन। उहाँहरूलाई कारबाही कहिले गर्ने? मा. घनश्यामलाई आकर्षण हुने विधानको दफा बाँकी माननीयलाई किन आकर्षित नहुने?

तपाईंलाई लागेको हुनसक्छ २१ जनाबाहेक केन्द्रीय समितिमा कोही नआउन। ठीक छ, २१ जनाबाटै पार्टी चलाउनुस्। हामी साधारण सदस्य नै रहुँला। एउटा कुरा याद राख्नु होला कारबाहीले समस्या समाधान हुनै सक्दैन। झन् समस्या बल्झिदै गएको छ। सबलाई कारबाही गर्नुस्। एक्लै राज गर्नुस्। जनताबिना पार्टी जिउन सक्दैन। मर्छ। जाति छिटो हुन्छ मार्नुस। पार्टी सकिए तपाईं पनि सकिने हो। लाखौंको सपना तपाईंका कारण चक्नाचुर भएको छ। हाम्रा आँशुले तपाईंलाई माफ गर्ने छैनन्। यही स्टाट्सलाई अधार मानेर मला पनि कारबाही गर्नुस्। बाँकी जो अज्ञा।
घमण्डले मान्छेलाई खान्छ। मान्छेले मान्छेलाई बचाउँछ। जय नागरिक।

(पहिलो महाधिवेशनबाट निर्वाचित महासचिव ठाकुर सिंह थारूले फेसबुकमा लेखेको पत्र। निर्वाचन आयोगले महाधिवेशनलाई अवैधानिक घोषणा गरेको थियो।)




Leave a Reply

Your email address will not be published. Required fields are marked *