रेशम चौधरीले जेलमै छोरासँग मनाए अट्वारी

लोकतान्त्रिक समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले जेलमै अट्वारी पर्व मनाएका छन्। उनले छोरा आभूषणसँगै डिल्लीबजारस्थित कारागारमा अट्वारी मनाएका हुन्। अट्वारीको ब्रत बसेका उनी जेलमै पूजाआजा गरेका थिए।

अट्वारी पर्व थारु समुदायका पुरुषहरुले महिलाको सम्मानको लागि विशेष रुपमा मनाउने गर्छन्। पर्वको दिन पानीसमेत नखाएर पुरुषहरु ब्रत बस्ने गर्छन्।

अट्वारी पर्व कृण्ण जन्माअष्टमीको आठ दिनपछि आउने दिनलाई मनाउने प्रचलन थारु समुदायमा छ। किम्बदन्तीअनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भिमसँग समेत जोडेर यो पर्वलाई मनाउने गरिन्छ। यो पर्वले थारु राजा र पाँच पाण्डवको सम्बन्धलाई बलियो बनाउने किम्बदन्ती रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *