मिस नेपालमा रजनी चौधरी, प्रतिस्पर्धामा के छ उनको सम्भावना?

पछिल्लो समय मिस नेपालमा थारु समुदायका युवतीहरु पनि सहभागी हुने क्रम बढिरहेको छ। सन् २०१५ मा सुनसरीकी निश्मा चौधरी अन्तिम स्पर्धासम्म पुगेकी थिइन्। प्रतिस्पर्धामा उनी टप ५ सम्म पुग्नुको साथै फेन्टा मिस बबलीको उपाधिसमेत जितेकी थिइन्।

त्यस्तै सन् २०१६ मा सप्तरीकी वर्षा लेखी अन्तिम स्पर्धासम्म पुगेकी थिइन्। उनले प्रतिस्पर्धामा मिस नेपाल इन्टरनेशनको टाइटल जितेकी थिइन्। सोही टाइटलले उनी जापानमा भएको मिस इन्टरनेशनमा सहभागीसमेत बनेकी थिइन्।

चार वर्षपछि पुनः यस वर्षको मिस नेपालमा थारु समुदायकी चेली अन्तिम प्रतिस्पर्धामा पुगेकी छन्। मोरङकी रजनी चौधरी कन्टेस्टेन्ट नम्बर २ का रुपमा प्रतिस्पर्धामा सहभागी छन्। २० प्रतिस्पर्धीमध्ये सबैभन्दा अग्ली भएर होला सबैको नजरमा उनैमा पर्ने गरेको रजनी बताउँछिन्।

उनी ६ फिट अग्ली छन्। उनी टेक्सास इन्टरनेशनल कलेजमा बीबीएसमा अध्यनरत छिन्। अरुलाई आदर गरेमात्र आफूले पनि अरुबाट सत्कार पाउने उनी बताउँछन्। त्यसैले आफैँप्रति विश्वस्त भएर अगाडि बढ्न उनले सिकेकी छन्।

भिडियो रिपोर्ट हेर्नुस्:




One thought on “मिस नेपालमा रजनी चौधरी, प्रतिस्पर्धामा के छ उनको सम्भावना?

Leave a Reply to Jeet Bahadur Tharu Cancel reply

Your email address will not be published. Required fields are marked *