गोचाली परिवारको ४६औं दिवस : पहिचानको लागि भाषिक वकासमा जोड दिने

मानबहादुर चौधरी
बर्दिया (जयपुर)- थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल (गोचाली परिवार २०२८)को ४६ औं दिवसको अवसरमा २०७४ वैशाख १ गते आयोजित ‘थारू भाषामा शब्द प्रयोग र साहित्य लेखन’ बखेरीले राज्यः पुनसंरचनामा पहिचानको मुद्दा एउटा बलियो सबाल भएकाले र भाषा पहिचानको एक दरिलो आधार भएको कारण भाषिक विकासको लागि काम गर्नेसहित चार ओटा बुँदामा सहमति भई घोषणा पत्र जारी गरेको छ।

अन्य बुँदामा मातृभाषा राष्ट्रभाषा र प्रादेशिक भाषा बन्ने संवैधानिक ब्यवस्था पनि रहेको कारण थारू भाषाको लेख्य मानकताको अभ्यासलाई बलियो बनाउनमा ध्यान दिने। थारू भाषाको मानकता बनाउने सवालमा मौलिक शब्दलाई जस्तो बोलिन्छ त्यसरी लेख्ने, साथै आगन्तुक र साझा शब्दलाई पनि जसरी प्रयोग गरिन्छ त्यसरी नै प्रयोग गर्ने। लेख्दै आएको नाम, थर, ठेगानालाई जस्ताको तस्तै लेख्ने। थारु भाषालाई धनी बनाउनको लागि लोक साहित्यमा रहेको मौलिक शब्द शैलीलाई समात्दै समसामयीक सुधार गर्दै भोषिक सरलतातिर जाने रहेको छ।

साहित्यकार सुशील चौधरीले सहजिकरण गरेको ‘थारू भाषामा शब्द प्रयोग र साहित्य लेखन’ बखेरीमा बरिष्ठ साहित्यका सन्तराम धारकटुवा थारुले आधार पत्र प्रस्तुत गरेका थिए। विषय बस्तुमा गजलकार छविलाल कोपिला, लोक साहित्यकार जग्गुप्रसाद चौधरी, अख्यानकार नरेशलाल थारुले आफ्ना कुरा राखेका थिए।

त्यसैगरी बखेरीमा खुल्ला छलफलमा सहभागिहरुले आफ्ना विचार राखेका थिए। यसरी भएको बसबाट थारु भाषाको मानकताको लागि अगाडी बढ्न सजिलोको लागि सहमती भएको बुँदालाई सार्वजनिक गरिएको हो।

मानकताको लागि सबै थारु भाषिकालाई आधार बनाउन जोड
कार्यक्रममा सहभागिहरुले थारू भाषाको मानकता अपरिहार्य भइसकेको भएपनि होचुवाको भरमा कुनै निश्चित भोगोलिक रुपमा बोलिने थारू भाषिकालाई मात्र बोकेर अगाडी जान नहुनेमा जोड दिएका थिए। नेपालको विभिन्न जिल्ला साथै त्यसभित्र पनि क्षेत्र र निश्चत दूरीमा रहेको गाउँमा पनि थारू भाषाको लवजमा भिन्नता रहेकोले सबै भाषिकाको अस्तित्व स्वीकार गरी त्यसको संरक्षण गर्न सक्ने गरी मानकताको लागि आधार तयार गर्नुपर्ने पनि सहभागिहरुले जोड दिएका थिए।

मानकतामा लिपिको आधार प्रष्ट हुनुपर्ने
थारु भाषा मानकताको लागि सबैभन्दा पहिले कुन लिपिलाई आधार बनाउने भन्नेबारे प्रस्ट हुनुपर्ने सहभागीले बताएका थिए। थारु भाषा लेखनमा अहिलेसम्म देवनागरी लिपिलाई प्रयोग भइरहेको अवस्थामा आगँतुक शब्द जस्ताको तस्तै लेखी मुल शब्द बचाई राख्न ब्यन्जन वर्णको ट, ठ, ड, ढ प्रयोग गर्न पनि छलफल भयो। यसैगरी भाषा संरक्षण र बिकासको लागि अक्षर कम गराउन नहुने र अक्षर कम भएको अवस्थामा भाषा कम्जोर हुँदैजाने भएकोले त्यस तर्फ पनि ध्यान दिएर अगाडी बढ्न पर्ने विषयमा छलफल भएको थियो।

छलफलसँगै प्रयोगमा ल्याउने
थारु साहित्यकार र बुद्धिजिबीहरुले थारु भाषाको मानकताको विषयमा भइरहेको निरन्तर छलफल र बहसले सकारात्मक बाटो लिएकोमा खुसी ब्यक्त गरे। यसैगरी छलफललाई विषयगत बौद्धिकताको स्तरमा छलफल गरी सहमती भएका विषयलाई पैयोग गर्दै र विमतीका विषयलाई थप छलफल गर्दै जान पर्ने कुरा राखे। साथै यसका लागि जिम्मेवार ब्यक्ति, निकाय र सरोकारवालाहरुले योजनाबद्ध रुपमा अघि सर्न आग्रह गरे।

थारु साहित्यकार र कलाकर्मीलाई सम्मान
सो अवसरमा चार जना थारु साहित्यकार र कलाकर्मीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा थारु सहित्यकार सन्तराम धारकटुवा थारु, साहित्यकार कबिरा थारु, गायीका तथा कलाकर्मी सुमित्रा चौधरी र नाटककार धनिराम थारु रहेको छन्। प्रमुख अतिथि पूर्वराज्य मन्त्री बिष्णुप्रसाद चौधरीले सम्मान पत्र प्रदान गरेका थिए। स्रष्टाहरुलाई थारु भाषा तथा साहित्य उत्थान मञ्च (गोचाली परिवार २०२८), कर्मशील नेपाल, थारु पत्रकार संघ शाखा बर्दियाले सम्मानित गरेको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *