राष्ट्रिय थारु संग्रहालयको गेट शिलान्यास

नवलपरासीको कावासोतीमा रहेको राष्ट्रिय थारु संग्रहालय अध्ययन केन्द्रको मुख्य गेटको बिहीबार शिलान्यास गरिएको छ। संग्रहालयका अध्यक्ष कुलचन्द्र महतो, थारु कल्याणकारिणी सभा नवलपरासीका सभापति गणेशमान महतो, राष्ट्रिय थारु संग्रहालय संरक्षण अभियानका संयोजक नेत्र नारायण थनेत र राष्ट्रिय थारु संग्रहालयका संस्थापक अध्यक्ष तथा पूर्वसांसद मझिलाल थारु थनेतले संयुक्तरुपमा शिलान्यास गरेका हुन्।

संग्रहालयका अध्यक्ष कुलचन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा थारु अगुवाहरुको उपस्थिति थियो। मुख्य गेट निर्माणको लागि तीन लाख रुपैया लागत लाग्ने र विभिन्न संघसस्था र प्रवासमा रहेका नेपालीहरुको सहयोग रहेको रामप्रसाद महतोले जानकारी दिए।

राष्ट्रिय थारु संग्रहालय संरक्षण अभियान प्रवासमा रहेका नेत्रनारायण थनेतको संयोजकमा सदस्य रामप्रसाद महतो, भीमबहादुर महतो, गोविन्द नन्द महतो र राष्ट्रिय थारु संग्रहालयको कोषाधक्ष्य बिना कुमारी थनेत छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *