राजनीतिक विवादले दाङको थारु संग्राहलय संकटमा

सन्तोष दहित/दाङ
थारु समुदायको पहिचान भलकाउनको लागि स्थापना गरिएको दाङको एक मात्र संग्राहलय संकट परेको छ । ७ वर्ष अगाडी घोराही २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक संग्राहलयमा राजनीतिक विवाद भएपछि संकटमा परेको हो । २०६६ मा स्थापना गरिएको संग्राहलय केहिवर्षसम्म सञ्चालनमा आएकोथियो । स्थापना संगै देशको विभिन्न ठाउँ र बाहिर देशबाट जिल्लामा आउने पर्यटकहरु अवलोकन गर्न आउनेगरेका थिए । तर  करिब डेढ वर्ष यतादेखि संग्राहलय बन्द भएपछि संग्राहलयमा अवलोकन गर्न आउने पर्यटकहरु फर्केर जाने गरेको स्थानियहरुले बताउछन् । लामोसमयसम्म संग्राहलय खुल्न नसेपछि संग्राहलय भित्र रहेको विभिन्न सामग्रीहरु ढुसिलागेर कुहिन थालेको छन् ।

संग्राहलय ब्यवस्थापन समिति भित्र विवाद भएपछि संग्रालयको यस्तो दशा हुनपुगेको एक सदस्यले भने । नाम नभन्ने सर्तमा उनले भने–‘संग्राहलयलाई राजीतिकरण गर्नथाले,थारु समुदायको साँस्कृति झलकाउने उदेश्यले स्थापना गरिएको संग्राहलयमा राजनीतिकरण गर्नथालेपछि यो अवस्थामा पुगेको हो ।’ ‘थारु समुदायको पहिचान झल्काउन त परै जाओस, यो राजनीतिले गर्दा सिगों थारु समुदायको बदनाम भएकोछ उनले भने,– ‘लाखौ लगानी गरेर बनाएको संग्रालय अन्ततमा ढुसि लागेर नै संग्राहलय सकिने भयो ।’ राज्यवाट थारु सांस्कृतिक संग्राहलयको विकासका लागि लगानी गरिरहेके छ, यता थारु समुदायभित्र विवाद छ, जसले गर्दा गत वर्ष ८ लाख र अहिले ५ लाख गरि १३ लाख बजेट फ्रिज भएको उनले जानकारी दिए ।

संग्राहलयमा थारु समुदायको पहिचान भल्किेना विभिन्न सामग्रीहरु राखिएको छन । परम्परागतमा थारु समुदायले प्रयोग गर्दै आएका विभिन्न किसिमका माटाका भाडाँकुडाका सामाग्रीहरु राखिएकाछन् । त्यसैगरि पुर्खाहरुले लगाउदैआएका भेषभुषा, खेतिपातीमा प्रयोग गर्दै आएको हलो, पानीबाट बच्नको लागि छत्री, धान राख्नको लागि माटोका एकप्रकारको भाँडा ‘डेह्री’, भात पकाउने माटाका भाँडा, तरकारी चलाउने काठको डाडु राखिएकाछन् । यसैगरि परम्परागत थारु समुदायले सुत्नको लागि प्रयोग गर्दै आएको खटिया, खटौली, ढक्या गुन्द्री, पटकी गुन्द्री, कपडा राख्ने भौका लगायत राखिएकाछन् ।

त्यसैगरि आजभन्दा २÷३ सय वर्ष अगाडी दाङबाट बाँके, वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत बसाइराई गर्दा घरमा भएका विभिन्न सामग्री, अन्नपात, लुगाकपडा, गाई, भैसी लिएर गईरहेको देखाइएको छ । काठको मुर्ति उक्त चित्रण गरिएको छ ।  यसैगरि माटाका विभिन्न किसिमका थारु समुदायले पूजापाठ गर्दै आएका माटाका देविदेताका मुर्तिहरु राखिएकाछन ।

यताको संग्राहलयको भौतिक निर्माण तथा व्यवस्थापन गरि सञ्चालनमा ल्याउनको लागि पुरात्व विभाग काठमाण्डौबाट आर्थिक वर्ष ०७२÷०७३को लागि  जिल्ला विकास समिति माफर्त आएका ५ लाख बजेट फ्रिज भएको छ । संग्राहलयको भौतिक पुर्वाधारका सुधार तथा निर्माणको लागि बजेट आएपनि सम्वन्धित निकायले सम्झौता गर्न नआएपछि बजेट फ्रिज भएको जिल्ला विकास समिति दाङको पयर्टन फोकल पर्सन एवम राप्ती पर्यटन समितिको सदस्य सचिव डा. गोविन्द आचार्य बताए । उनले भने–‘संग्राहलयको भौतिक सुधार तथा निर्माणको लागि बजेट आएको भनेर सम्वन्धित निकायलाई पटक पटक भने, तर उहाँहरु आउनुभएन ।’ ‘अन्तमा बजेट फ्रिज हुन पुग्यो,– सचिव आर्चायले भने ।’

संग्राहलयको संरक्षणको दाबी गर्दै आइरहेका थारु कल्याणकारिण सभा दाङको सभापति तेजमान चौधरी संग्राहलयको नाममा बजेट आएका जानकारी भएता पनि हाम्रै साथिहरुको बेमानीले गर्दा बजेट फ्रिज हुनपुगेको बताए । उनले भने– यो संग्राहलय थारु कल्याणकारि सभाको नामबाट सञ्चालन गर्नुपर्छ भन्दा पनि मानेन, उल्टै उनिहरुले अटेर गरेर अर्काे सस्था खोले ।’ त्यहि सस्थाबाट पनि गतबर्ष पुरात्वविभागबाट १० लाख ल्याएकाथिए, अन्तमा खर्च गर्न नसकेर ८ लाख रकम फ्रिज गराए ।  यसपटकपनि यस्तो भयो, उनले भने ।

संग्राहलयको व्यवस्थापन समिति सचिव समेत रहेका थम्मन चौधरीले आफुले संग्राहलयको विकासका लागि धेरै कोसिस गर्दा पनि साथिहरुले साथ नदिएपछि संग्राहलयको दशा यस्तो हुनपुगेको स्विकार्छन । थारु समुदायको बाहुल्य रहेको जिल्लामा एउटा थारु संग्राहलयको विकास लागि थारु अगुवाहरुसंग पटक–पटक छलफल गरेपनि खासै चासो नदिएपछि आफुपनि चुप लागेर बसेको चौधरीको भनाइ थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *