Madhesi Morcha

संविधानविरुद्ध आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका थप कार्यक्रम सार्बजनिक गरेको छ । मोर्चाको केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले होलीका दहनको दिन सांसदहरुको सामूहिक पुत्ला दहन लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो । 

यसैगरी आगामी ५ चैतमा मधेसका जिल्लाहरुमा विरोध सभा गर्ने र १ घण्टासम्म मधेस आन्दोलनका नाराहरु लगाउने मोर्चाले जनाएको छ । यसलाई मोर्चाले ‘हल्लाबोल’ कार्यक्रमको संज्ञा दिएको छ । कैलाली, महोत्तरी, धनुषा, सिरहा, रुपन्देही लगायतका जिल्लाहरुमा दिउँसो एक बजेदेखि सरकारविरुद्ध प्रदर्शन गर्ने मोर्चाद्वारा सार्बजनिक आन्दोलनका कार्यक्रममा उल्लेख छ ।

यही फागुन २५ गतेदेखि चैत १ गतेसम्म हरेक जिल्लामा क्षेत्रीयस्तरमा सभा, अन्तरक्रिया, कोणसभालगायतका कार्यक्रम हुनेछन् । यसबाट मधेस आन्दोलनमा जागरण पैदा हुने र समर्थन मिल्ने मोर्चाको विश्वास छ ।

यसैगरी न्यायपरिषदले सर्बोच्च अदालतका न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिस समावेशी नभएको भन्दै त्यसलाई रद्ध गर्न मधेसी मोर्चाले माग गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *