Forum-cc-meeting

संघीय समाजवादी फोरम, नेपालले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गर्ने भएको छ । साथै लामो समयदेखि जारी सीमा नाका धर्नालाई कायमै राख्ने निर्णय गरेको छ । आइतबार सम्पन्न फोरम नेपालको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले सरकार वार्ता र निकासका लागि गम्भीर नभएको निष्कर्ष निकालेको छ । बैठकपछि फोरम अध्यक्ष उपेन्द्र यादवले वार्ताप्रति सरकार गम्भीर नदेखिएकोले आन्दोलन थप सशक्त पार्ने निर्णय भएको बताए ।
उनका अनुसार आन्दोलनलाई राष्ट्रिय स्वरुप दिन र काठमाडौं केन्द्रीत आन्दोलन चर्काउन विभिन्न पहिचानवादी शक्तिहरुसँग मोर्चाबन्दी गर्ने निर्णय भएको छ । फोरमले संविधान संशोधन अस्वीकार्य भएको बताएको छ । ‘नयाँ संविधान जस्तै सरकारले संशोधन पनि एकलौटी, जबरजस्ती र मनपरी ढंगले गरेको छ’ बैठकपछि अध्यक्ष यादवले भने- ‘नयाँ संशोधनले मधेश आन्दोलनलाई सम्बोधन गर्न सक्दैन ।’

मोरङको रंगेली लगायत विभिन्नस्थानमा जबरजस्ती कार्यक्रम आयोजन गर्न लगाएर सरकारले साम्प्रदायिकता मच्चाउन खोजेको उसको आरोप छ । फोरम नेपालको बैठकले आन्दोलनका क्रममा लगाइएका मुद्दा तत्काल खारेज गर्न र उच्चस्तरीय न्यायिक आयोग गठन माग गरेको उपाध्यक्ष लालबाबु राउतले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *