Gopal Dahit

मधेसी मोर्चासहित छ वटा पार्टीले संसद बैठक बहिस्कार गरेका छन्। प्रमुख तीन दलले गर्न लागेको संविधान संसोधन विधेयकले सबै समस्याको समाधान नगर्ने बताउँदै मोर्चाका चार पार्टी संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रि पार्टी, सद्‍भावना पार्टी, तराई मधेस सद्‍भावना पार्टी र मोर्चाबाहेक थरुहट तराई पार्टी नेपाल र राष्ट्रिय मधेस समाजवादी पार्टीले संसद बैठक बहिस्कार गरेका हुन्। बैठक भने जारी छ।

‘संविधानको धारा ४२, ८६ र २८६ लाई मात्र संसोधन गर्न लागिएको छ। संसोधन गर्नुपर्ने धेरै विषय छन्,’ थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहितले भने, ‘तीनटा धाराले मात्र समस्या समाधान हुँदैन। यसमा हाम्रो आपत्ति हो। अरु धारा पनि संसोधन गर्न जरुरी छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *