Sher Deuwa

कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले थारु समुदायको बाहुल्यता रहेको क्षेत्रलाई स्वायत्ततासहितको प्रदेश बनाउन सकिने बताएका छन् । प्रजातान्त्रिक थारु समाजले मंगलबार दाङको चखौरामा आयोजना गरेको अन्तर्क्रियामा देउवाले थारुहरुको बाहुल्यता रहेका दाङदेखि कञ्चनपुरसम्मका जिल्लालाई थारुहरुको स्वायत्त प्रदेश बनाउन सकिने धारणा व्यक्त गरे ।

अहिले सिमाङ्कनमा धेरै विवाद भैरहेका कारण तत्काल स्वायत्त प्रदेशको घोषणा गर्न नसकिने भए पनि विस्तारै उक्त प्रक्रिया अघि बढाइने उनले बताए । ‘तपाईं थारु पहाडे सबै समुदाय मिलेर बस्नुहोस्, हामी सबै मिलरै बस्नुपर्छ,’ उनले भने ’अहिले अवस्था त्यस्तै छ, थारुहरुलाई स्वायत्तता दिनुपर्छ भन्ने मेरो पनि मान्यता हो, तपाईंहरु नआत्तिनुस् । बिस्तारै यो काम हुन्छ ।’

देउवाले संविधान गतिशील हुने भएका कारण यो संशोधन हुँदै जाने र संशोधन प्रक्रियामै थारुहरुको अधिकार समावेश गरिने बताए । आफू थारु समुदायको हकहितको लागि सँधै लड्दै आएको दावी गर्दै उनले कांग्रेसको तेह्रौ महाधिवेशनमा सभापतिका लागि आफूलाई सहयोग गर्न पनि आग्रह गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *