rajendra-mahatoप्रधानमन्त्री केपी ओलीले बोलाएपछि काठमाडौं आएको बताएका सद् ‍भावना पार्टी अध्यक्ष भारतीय दूतवास छिरेका छन्। काठमाडौं आएपछि केही समय उनले कार्यकर्तासँग विताएका थिए। कार्यकर्तासँगको भलाकुसारीपछि महतो एक्लै दूतावास छिरेका हुन्।
स्रोतका अनुसार काठमाडौं आइपुगेपछि महतोलाई दूतावासले बोलाएको थियो। सहमतिबाटै अगाडि बढ्न सुझाव दिन दूतावासको बोलाएको स्रोतले जनायो। सद्‍भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले प्रधानमन्त्रीले बोलाएपछि काठमाडौं आएका महतोले राजधानी आइपुगेपछि कार्यकर्तासँग भेटघाट गरेको जनाउँदै त्यसपछि दूतावास गएको जनाए।

मधेस आन्दोलनले निकास नपाएसम्म काठमाडौं नआउने वाचा गरेका महतो विराटनगरमा धर्नामा बस्दा प्रहरी हस्क्षेपमा परी घाइते भएपछि दिल्लीमा उपचाररत थिए। उपचारकै क्रममा प्रधानमन्त्री ओलीले महतोलाई फोन गरी समस्या समाधानका लागि काठमाडौं आउन आग्रह गरेपछि महतो आइतबार दिउँसो काठमाडौं आएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *