rajendra mahatoसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विवाद देखिएको छ। लामो समयदेखि मधेसीको अधिकारको लागि भन्दै तराई मधेसमा जारी आन्दोलन निश्कर्षमा नपुग्दै मोर्चामा तीब्र विवाद देखिएको हो। विवादकै कारण राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले छुट्टै आन्दोलनको घोषणा गरेको छ। सद्भावनाले एक पत्रकार सम्मेलनको आयोजना गरि छुट्टै आन्दोलनको घोषणा गरेको हो।

मधेसी मोर्चाले भोलि बैठक बसेर थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको एक दिनपहिले नै सद्भावना पार्टीले छुट्टै आन्दोलन घोषणा गर्दै मोर्चाभित्रको विवादलाई पुष्ट्याई गरिदिएको हो। तर, सद्भावना पार्टीका महासचिव मनिष सुमनले मोर्चाभित्र कुनै विवाद नरहेको दाबी गर्दै मोर्चाको कार्यक्रम पनि यथावत रहेको बताए।

सद्भावनाले पुस १९ गतेदेखि पुस २७ गतेसम्मको लागि घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार पुस १९ गते शहिदको आत्माको शान्तिको लागि प्रार्थनासभा गर्ने, पुस २० गते १२ बजेदेखि १ बजेसम्म मौन ब्रत बस्ने, २१ गते भित्तेलेखन गर्ने, २२ गते मधेसमा भएको दमनको विरोधमा मोटरसाइकल, साइकल, रिक्सा ठेलामा अनिवार्य कालोझण्डा राखेर सञ्चालनमा ल्याउने तथा कालोपट्टी बाध्ने कार्यक्रम रहेको छ।

यसैगरि पुस २३ गते मधेसका प्रत्येक घरमा अनिवार्य रुपमा मैनवत्ती र दियो जलाउने पनि सद्भावनाको कार्यक्रममा उल्लेख छ। यसैगरि पुस २४ देखि २७ सम्म सामाजिक सञ्जालमार्फत मधेस आन्दोलनबारे अभियान चलाउने, हस्ताक्षर अभियान चलाउनेलगायतका कार्यक्रम तय भएको सद्भावना पार्टीले जनाएको छ। सद्भावनाले छुट्टै आन्दोलनको कार्यक्रम घोषणा गरेपनि पार्टी अध्यक्ष राजेन्द्र महतो भने उपचारको सिलसिलमा भारतमा रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *