Manju Chaudharyएमालेले ६ जना राज्यमन्त्रीकाे टु्ंगाे लगाएकाे छ। एमालले जानकारी दिएअनुसार ‘राज्यमन्त्री’मा मञ्जु चौधरी, दीपनारायण साह, नरदेवी पुन, बलवहादुर महत, दिनेशचन्द्र यादव र दामोदर भण्डारी छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले ६ जना एमाले सांसदहरु राज्यमन्त्रीमा बिहीबारै नियुक्त भएकाे बताए। नवनियुक्त राज्यमन्त्रीहरुको सपथ ग्रहण शनिबार हुने उनले बताए। उनीहरुले कुन मन्त्रालय पाउने भन्ने टुंगो पनि शनिवारै लग्ने उनले बताए। राज्यमन्त्री नियुक्त भएका सबैजना केपी ओली समूहका हुन्।

मञ्जु चौधरी एमालेको उदयपुर जिल्ला कमिटी उपाध्यक्ष भइसकेकी महिला नेतृ हुन्। उनी ०७० सालका निर्वाचनमा उदयपूर क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। उनलाई थारु र महिला समुदायको प्रतिनिधित्व गराउदै राज्यमन्त्री बनाइएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *