फाइल फोटो
फाइल फोटो

बर्दियाका थारु आन्दोलनकारीहरुले राजधानीमा शक्ति प्रदर्शन गर्नुपर्ने बताएका छन्। थारु युवा स्वंयसेवकका संयोजक महावीर चौधरीको नेतृत्वमा सहेलवा गाउँमा आयोजित कार्यक्रममा थारु आन्दोलनका अगुवाहरुले राजधानीमा शक्ति प्रदर्शन गर्नुपर्ने बताएका हुन्।

थारु कल्याणकारिणी सभाका बर्दिया अध्यक्ष गोविन्द चौधरी, थारु अगुवाहरु रामकुमार चौधरी, इन्दु चौधरीलगायत उपस्थित जमातले थारु युवाहरुलाई प्रशिक्षित गरी आन्दोलन अगाडि बढाउनुपर्ने बताए। उनीहरुले आन्दोलनको विकल्प नरहेको बताउँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए।

थारु अगुवाहरुले पुस १४ गते थारु युवा स्वयंसेवकको जिल्ला समिति गठन गर्ने बताए। युवाहरुको सहभागिता अपरिहार्य रहेको बताउँदै अगामि पुस १४ गते सदमुकाम गुलरियाको नगरविकासको भवनमा जिल्ला कार्यसमिति चयन हुने बताइएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *