1four party meeting

प्रमुख तीन दलबीच अहिले सात प्रदेशलाई नै कायम गरेर अघि बढ्ने सहमति भएको छ। तर, थारु समुदायको मागसहित सीमांकनको अन्तिम टुङ्गो भने आयोग बनाएर गर्ने सहमति भएको छ।
तीन दलको बैठकमा भएको सहमति अनुसार प्रमुखसचेतकत्रयले नयाँ संविधानको विधेयकमा संयुक्त रुपमा संशोधन दर्ता गरेका छन्।
अब तीन दलका सभासदहरूले व्यक्तिगत रूपमा दर्ता गरेका संशोधन प्रस्तावहरू प्रकियामा लगेर फिर्ता गरिने नेताहरूले बताएका छन्। तीन दलको दुर्इ तिहाइ बहुमत पुग्ने भएकाले अब त्यस अनुसार नै संविधान जारी हुने पक्का भएको छ।

त्यसअघि सिंहरदरवारमा बसेको शीर्ष नेताहरूको बैठकमा संघीयता, धर्म निरपेक्षता लगायतका विषयमा सहमति गरेका थिए। सहमतिको प्रयासमा जुटेका गच्छदार शनिबार दिउँसो सिंहदरवारमा बसेको चार दलका शीर्ष नेताहरु बीचमै छाडेर बाहिरिएका थिए।

तीन दलबीच भए अहिले सात प्रदेशको सीमांकन कायम रहने र थारु समुदायको मागलाई सीमांकन आयोग बनाएर टुङ्गाउने सहमति भएको एमाओवादी अध्यक्ष प्रचण्डले जानकारी दिएका छन्।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पलि अहिले सात प्रदेश नै कायम रहने बताए। उनले भने- ‘थपघट गर्ने र वैज्ञानिकम आधारमा सीमा निर्धारण गर्ने काम आयोगले गर्नेछ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *