Bijaya

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छेदारको नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक मोर्चा संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरेको छ।
नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्रस्तुत गरेको संशोधनले मुलुकमा विद्यमान द्वन्द्व समाधान नगर्ने निष्कर्षसहित मोर्चा संविधानसभाका प्रक्रियाबाट अलग हुने निष्कर्षमा पुगेको हो।
मधेसी, आदिवासी, जनजाति, मुस्लिम र थारु समुदायले अपेक्षा गरेअनुरुप प्रमुख तीन दलबाट संशोधन प्रस्ताव नआएकाले आफूहरु यो निर्णयमा पुग्न बाध्य भएको फोरम (लोकतान्त्रिक)का प्रमुख सचेतक योगेन्द्र चौधरीले जानकारी दिए।

उनले भने, ‘द्वन्द्व निम्त्याउने संविधानमा साक्षी बस्न नसक्ने ठहर गर्दै, संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरिएको हो।’

मोर्चामा आबद्ध फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) को आज साँझ बसेको संयुक्त बैठकले संविधान लेखनको हालसम्मको चरणमा पार्टीले जिम्मेवारपूर्ण रुपमा योगदान पुर्‍याएको ठहर गरेको थियो।

फोरम लोकतान्त्रिकको संविधान लेखनको योगदानलाई प्रमुख राजनीतिक दलले अवमूल्यन गरेकाले अब जनताका माझमा जाने निर्णय गरेको सचेतक चौधरीले बताए। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *