Gopal Dahit

थरुहट तराई पार्टी नेपालले संविधानसभा बैठक बहिष्कार गर्ने भएको छ। थारुहरुको मागलाई सम्बोधन नगरेको भन्दै संविधान बहिष्कार गर्ने निर्णयमा पुगेको पार्टीका सभासद् गोपाल दहितले जानकारी दिए। उनका अनुसार ६ बजे बस्ने संविधानसभा बैठकमा आफ्नो भनाइ राख्दै बहिष्कार गर्नेछन्। थरुहट तराईका पार्टीका तर्फबाट दुई जना सभासद् संविधानसभामा प्रतिनिधित्व गर्छन्। अर्का सभासद् गंगा थारु विधायन समितिका सभापतिसमेत हुन्।
शीर्ष चार दलले ६ प्रदेशको सीमांकन ल्याउनेवितिकै थरुहट तराई पार्टी नेपाल आन्दोलनमा होमिएको थियो। कैलाली-कञ्चपुरलाई अखण्डमा मिसाएको, थरुहट तराईका जिल्ला पहाडमा मिसाएको, थारु आयोगलगायतका माग गर्दै पार्टीले आन्दोलन गर्दै आएको छ। पार्टीले थारु कल्याणकारिणी सभा, थारु सभासद् र थरुहट संघर्ष समितिलगायतका समूहसँग मिलेर आन्दोलनमा होमिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *