संघ

रेशम चौधरीलाई भेटेर गच्छदारले भने- सहकार्य गर्न तयार छु

नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। डिल्लीबजार कारागारमा शनिबार उनीहरूबीच करिब एक घन्टा छलफल भएको हो।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले सरकारले सिफारिस गरेको अध्यादेशको विरोध गरेर गगन थापाले दोहोरो चरित्र देखाएको बताएका छन्। थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बिहीबार काठमाडौंमा

थारुवान संबाददाता

निर्वाचन आयोगले समानुपातिकतर्फ अन्तिम मतपरिणामअनुसार सिट बाँडफाँड गरेको छ। आयोगले बुधबार दलहरूले पाएको सिट संख्या बाँडफाँड गरेको हो। जसअनुसार रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ ५ सिट जितेको छ।

थारुवान संबाददाता

नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार संसदीय निर्वाचनको इतिहासमा पहिलोपटक पराजित भएका छन्। सुनसरी क्षेत्र नं ३ मा गच्छदार एमालेकी भगवती चौधरीसँग ५ हजार बढी मतान्तरले पराजित भएका हुन्। भगवतीले भने तेस्रो प्रयासमा गच्छदारलाई हराएकी छन्। दोस्रो संविधानसभामा ३६२ मतले हारेकी भगवती २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ३२१ मतले पराजित...

मदन चौधरी

सप्तरीको प्रतिनिधिसभा ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी तेस्रो पटक विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले सार्वजनिक गरेको नतिजा अनुसार चौधरीले २३ हजार ४९१ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

थारुवान संबाददाता

कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी भएका छन्। चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार एक सय २८ मत प्राप्त गरे।

थारुवान संबाददाता

मोरङ ४ बाट फेरि नेकपा माओवादी केन्द्रका अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। एमाले उम्मेदवार विनोदकुमार ढकाललाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन्। मोदीले ३० हजार ६१२ मत ल्याए भने एमालेका ढकालले २४ हजार ४६३ मत पाए।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन्। कैलाली क्षेत्र नं १ मा कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरीलाई भारी मतान्तरले पराजित गर्दै रञ्जिताले रेशम चौधरीको विरासत जोगाएकी छन्। रञ्जिताले १२ हजार बढी मतान्तरले रामजनमलाई पराजित गरेकी हुन्।

थारुवान संबाददाता

सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी विजयी भएका छन्। उनले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेका हुन्। चौधरीले २४ हजार ८३८ मत ल्याउँदा खड्काले १८ हजार ४०४ मत ल्याए।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं‌ ३ मा क्लीन स्वीप गरेको छ। प्रनिधिसभातर्फ गंगा चौधरी विजयी हुँदा बुधबार अन्तिम मतपरिणामअनुसार सुदुरपश्चिम प्रदेशसभातर्फ दुवै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ।

थारुवान संबाददाता
1 5 6 7 8 9 22