देशभरि १६ सिटसहित तराईको शक्ति बन्यो नागरिक उन्मुक्ति पार्टी, मधेसमा पनि इन्ट्री

निर्वाचन आयोगले समानुपातिकतर्फ अन्तिम मतपरिणामअनुसार सिट बाँडफाँड गरेको छ। आयोगले बुधबार दलहरूले पाएको सिट संख्या बाँडफाँड गरेको हो। जसअनुसार रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ ५ सिट जितेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दुई दुई सिट जितेको यो पार्टीले मधेस प्रदेशमा समेत इन्ट्री पाएको छ। मधेस प्रदेशमा नागरिक उन्मुक्तिले एक सिट पाएको छ।

नागरिक उन्मुक्तिले प्रत्यक्षतर्फ एक स्वतन्त्रसहित चार सिट जितेको छ भने प्रदेशसभातर्फ सात सिट जितेको छ। यससँगै नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा चार, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ४ र मधेस प्रदेशमा १ सिटसहित १६ सिट जितेको छ।

समानुपातिकमा एमालेले पायो ३४ सिट
त्यस्तै नेकपा एमालेले प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ७० सिट जितेको छ। त्यस्तै कांग्रेसले प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभातर्फ ६४ सिट जितेको छ भने माओवादीले प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभातर्फ २९ सिट जितेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ १३ सिट जितेको छ भने राप्रपाले प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १७ सिट सिट जितेको छ।

त्यस्तै जनता समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ ५ सिट र प्रदेशसभातर्फ ९ सिट जितेको छ भने जनमत पार्टीले पनि प्रतिनिधिसभातर्फ ५ सिट र प्रदेशसभातर्फ ९ सिट जितेको छ। त्यस्तै राष्ट्रिय दल बन्नबाट चुकेको नेकपा एकीकृत समाजवादीले प्रदेशसभातर्फ ९ सिट जितेको छ।

त्यस्तै नेमकिपाले प्रदेशसभातर्फ दुई सिट, लोसपाले प्रदेशसभातर्फ ३ सिट, नेपाल संघीय समाजवादीले प्रदेशसभातर्फ १ सिट, नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ ५ सिट र राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाल पार्टीले प्रदेशसभातर्फ एक-एक सिट जितेको छ।




One thought on “देशभरि १६ सिटसहित तराईको शक्ति बन्यो नागरिक उन्मुक्ति पार्टी, मधेसमा पनि इन्ट्री

  1. अब यो मौकालाई उपयोग गर्दै जनताका समस्या समाधान तर्फ उन्मुख हुनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *