अमनलाल मोदीको संसदमा ह्याट्रिक, मोरङ ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी

मोरङ ४ बाट फेरि नेकपा माओवादी केन्द्रका अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। एमाले उम्मेदवार विनोदकुमार ढकाललाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन्। मोदीले ३० हजार ६१२ मत ल्याए भने एमालेका ढकालले २४ हजार ४६३ मत पाए। राप्रपाका रवि रिजालले ७४६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका ५३३३ मत पाएका छन्।

२०७४ मा क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका मोदी विजयी भए। त्यस बेला उनले कांग्रेसका नेता महेश आचार्यलाई ६ हजार ७ सय २९ मतले पराजित गर्दै संसद् यात्रा तय गरेका थिए।

त्यसबेला मोदीले ३३ हजार ५ सय २९ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका आचार्यले २६ हजार ८ सय मत पाएका थिए। संविधानसभा सदस्य निर्वाचन २०७० मा समानुपातिक सभासदमा चयन भए। मोदीले सत्ता गठबन्धनमा यसपटक बाजी मारे। यससँगै मोदीको प्रत्यक्षतर्फ संसदीय चुनावमा दोस्रो जित भएको छ। उनी तेस्रो पटक सांसद चुनिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *