रेशम चौधरीलाई भेटेर गच्छदारले भने- सहकार्य गर्न तयार छु

नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। डिल्लीबजार कारागारमा शनिबार उनीहरूबीच करिब एक घन्टा छलफल भएको हो।

मंसिर ४ गतेको निर्वाचनमा अप्रत्यासित नतिजा ल्याएपछि रेशमलाई बधाइ दिन गच्छदार जेल पुगेका हुन्। उनले रेशमलाई भेटेर सोचेभन्दा परिपक्व भएको बताए। उनले रेशम चौधरीसँग सहकार्यका लागि आफू तयार रहेको समेत बताएका थिए।

‘रेशमजी, मैले तपाइँलाई जे सोचेको थिएँ। त्योभन्दा पनि बढी परिपक्व देखेँ। निर्वाचनमा तपाइँले राम्रो नतिजा ल्याउनुभएको छ। तपाईँलाई बधाइ छ। तपाइँसँग सहकार्य गर्न म सधैं तयार छु,’ गच्छदारले रेशमसँग भने।

उनले थारू छोरालाई जेलमा कोचेको भन्दै सरकारसँग आपत्तिसमेत जनाए। उनले अध्यादेश प्रमाणीकरण गरेर पीडित थारूहरूको रिहाइ गर्नुपर्ने बताएका थिए। त्यसका लागि माइतीघर मण्डलामा धर्नामा बस्न आफू तयार रहेको उनले बताएका थिए।

‘सरकारले ल्याएको अध्यादेश प्रमाणीकरण हुनुपर्छ। रेशमजीलगायत पीडित थारूहरूको रिहाइ हुनुपर्छ। त्यसका लागि म पनि माइतीघरमा धर्ना बस्छु,’ उनले रेशमलाई आश्वासन दिए। निर्वाचनमा पराजित भएका गच्छदारले घरमा शान्तसँग बस्न नसकेक बताएका थिए। उनले उत्पीडित थारूको उत्थानका लागि आफू अग्रसर हुने बताएका थिए।

उनीहरूबीच सत्तासमीकरणको विषयमा पनि छलफल भएको थियो। पछिल्लो समय नेपाली कांग्रेसका नेताहरू रेशमसँग निरन्तर सम्बादमा छन्। लुम्बिनी प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले थारू नेताहरूमार्फत् रेशमसँग लबिङ गरिरहेका छन्।

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा एक स्वतन्त्रसहित चार, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनीमा ४ र मधेस प्रदेशमा एक सिट जितेको छ।




2 thoughts on “रेशम चौधरीलाई भेटेर गच्छदारले भने- सहकार्य गर्न तयार छु

  1. बिजय गच्छदार केबल शेरबहादुरको दुत मात्र भएर गएको हो । रेशम चौधरीको रिहाईको पक्षमा बोल्यो भन्नु भ्रम मात्र,उ नकहिल्यै कहि कतै पनि रेशमको रिहाईको बारेमा बोलेको थियो ,न बोलेको छ! छ बोलेको केबल आफ्नो बचाउको लागि मात्र। जहिल्यै शक्तीको पिक्षे कुद्ने गच्छदार हिजोको रेशमसंगको भेटको अभिब्यक्तिले नि तेही दर्शाउछ, उसले बल्ल रेशमको शक्र्ति(power)बारे बुझेको र बहाॅसॅग सहकार्य गर्न तयार रहेकोभन्ने अभिब्यक्तिले नि सोही दर्शाउछ ।
    #बिजय_गच्छदारको रेशमचौधरीको रिहाई या थारुहट आन्दोलनको पक्षमा बोलेको कुनै video clips भए सार्वजनिक गरियोस ।
    “ह… सक्यो अनि बाटो देख्यो “भनेको यही हो!अब त सहकार्य नगरि धरै छैन! ढिलै भएपनि थारु शक्ति या रेशमको शक्ति बुझेकोमा बहॅालाई धन्यबाद र सहकार्य स्विकीरोक्तिको लागि बधाई!!!

  2. सावधान रहनु होला ।
    विगतमा सुनियोजित तरिकाले तत्कालिन “थरुहट तराई पार्टी नेपाल” लाई आफ्नो
    पार्टी “फोरम लोकतान्त्रिक” मा एकिकरण गरेर कांग्रेसमा विलय गराए जस्तै
    “नागरिक उन्मुक्ति पार्टी” लाईपनि कांग्रेसमा विलय गराउने खेल हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *