संघ

नागरिक उन्मुक्ति पार्टीले खोल्यो खाता, कैलाली ३ मा गंगा विजयी

कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ। उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन्। नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन्। उनी सत्ता गठबन्धनका उम्मेदवार हुन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले कैलालीको ३ वटा र बर्दियाको दुई वटा क्षेत्रमा अग्रता लिएको छ। कैलाली क्षेत्र नं ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजय नजिक पुगेका छन्। उनी २० हजार २३४ मतहसति अग्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १४ हजार ९४६ मत पाउँदा एमालेका गौरीशंकर चौधरीले ८ हजार...

थारुवान संबाददाता

प्रमुख राजनीतिक दलबाट दुई जना थारू नेताले मतगणनामा अग्रता लिएका छन्। नेपाली कांग्रेसका नेता एवं सप्तरी क्षेत्र नं ४ का उम्मेदवार तेजुलाल चौधरी १४१२ मतसहित अग्रस्थानमा छन्। दोस्रोस्थानमा जसपाका बालकिशोर यादवले ७८४ मत पाएका छन्।

थारुवान संबाददाता

कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले ९२५ मतसहित अग्रस्थानमा छिन्। त्यस्तै दोस्रोमा नेपाली कांग्रेसका रामजनम चौधरीले ५५८ मत ल्याएका छन् भने तेस्रोमा नेकपा एमालेका टपेन्द्र रावलले २०२ मत ल्याएका छन्।

थारुवान संबाददाता

सप्तरीको क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीले कडा चुनौती दिएको छ। १०१५ मत गन्दा जनमत पार्टीका जयकान्त चौधरी २३८ मतसहित अग्रस्थानमा छन् भने दोस्रो स्थानमा नेपाली कांग्रेसका रामदेव साह तेली २१४ मत पाएका छन्।

थारुवान संबाददाता

केही समयअघिसम्म पत्रकारिता क्षेत्रमा आबद्ध रहेका बर्दियाका ठाकुर सिंह थारु नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया १ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका छन्। कान्तिपुर दैनिकको आकर्षक जागिर छाडेर उनी एकाएक चुनावमा किन होमिए? देशकै ठूलो पार्टी नेकपा एमालेको जिल्ला कमिटी सदस्य परित्याग गरेर उनी किन रेशम चौधरीको पार्टीबाट उम्मेदवार बने?

थारुवान संबाददाता

सप्तरी-४ मा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले-जसपाको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। सत्तारुढ गठबन्धनले कांग्रेसका तेजुलाल चौधरीलाई अघि सार्दा एमाले-जसपा गठबन्धनले जसपाका बालकिशोर यादवलाई मैदानमा उतारेको छ।

थारुवान संबाददाता

दाङ क्षेत्र नं १ अर्थात् देउखुरी थारू बाहुल क्षेत्रको रुपमा चिनिन्छ। स्थानीय निर्वाचनकै तथ्यांक हेर्ने हो भने पनि यस क्षेत्रका जन प्रतिनिधिहरू अधिकांश थारू समुदायका छन्। आसन्न निर्वाचनको प्रतिनिधिसभातर्फ थारू समुदायबाटै नेताहरू एकअर्काका प्रतिस्पर्धी बनेका छन्।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका युवा नेता अमनलाल मोदी तेस्रोपटक सांसद बन्ने तयारीमा छन्। अघिल्लो चुनावमा नेपाली कांग्रेसका हेभिवेट नेता महेश आचार्यलाई पराजित गरेका अमनलाल मोदीले यसपटक एमालेसँग प्रतिस्पर्धा गर्दैछन्। मोदीले एमालेका विनोद ढकालसँग प्रतिस्पर्धा गर्दैछन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका दुई नेताको उम्मेदवारी खारेज भएपछि यतिबेला थारू समुदायमा चर्को बहस भइरहेको छ। अघिल्लो निर्वाचनमा यही मुद्दामा दुवै नेताले चुनाव लडेका थिए। कैलाली ५ बाट लक्ष्मण थारु पराजित हुँदा कैलाली १ मा रेशम चौधरी बहुमतका साथ विजयी भएका थिए।

थारुवान संबाददाता
1 6 7 8 9 10 22