थारू समाचार

६३ महिनापछि रिहा भए रेशम चौधरी

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन् ।

थारुवान संबाददाता

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्

थारुवान संबाददाता

सरकारलाई पूर्वसांसद रेशम चौधरीलाई बाँकी सजाय माफी दिने वा नदिने भन्ने निर्णय गर्न बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद चौधरीको सजाय माफी निवेदनउपर कारबाही गर्न आदेश दिएसँगै अब सरकारलाई त्यसबारे निर्णय गर्न बाटो खुलेको हो ।

थारुवान संबाददाता

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपति देवी थरुनीको शुक्रबार निधन भएको छ। पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको निधन भएको हो।

थारुवान संबाददाता

सरकारले रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे तयारी थालेको छ। २०७२ भदौमा कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो।

थारुवान संबाददाता

मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पूजा चौधरी र शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छन्। एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत बंगलादेशविरुद्धको खेलमा पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै डेब्यु गरेकी हुन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीले उत्पादनमुखी खेतीका लागि ५० प्रतिशतसम्म अनुदान दिनुपर्ने माग गरेका छन्। उनले आगामी बजेटमा किसानका लागि उत्पादनमुखी कामका लागि अनुदान दिनुपर्ने बताए।

थारुवान संबाददाता

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराए।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभाले सर्वोच्च अदालतको फैसला न्यायको सिद्धान्त विपरीत रहेको बताएको छ। महामन्त्री प्रेमीलाल चौधरीले विज्ञप्ति जारी गर्दै फैसलाले थारू समुदाय मर्माहत भएको जानकारी दिएको छ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै जेठ ६ गतेदेखि आह्वान गरिएको नेपाल बन्दको कार्यक्रम स्थगित गरेको जानकारी दिएका छन्।

थारुवान संबाददाता
1 34 35 36 37 38 153