सर्वोच्च अदालतको फैसला न्यायको सिद्धान्त विपरीत : थाकस

थारू कल्याणकारिणी सभाले सर्वोच्च अदालतको फैसला न्यायको सिद्धान्त विपरीत रहेको बताएको छ। महामन्त्री प्रेमीलाल चौधरीले विज्ञप्ति जारी गर्दै फैसलाले थारू समुदाय मर्माहत भएको जानकारी दिएको छ।

थरुहट थारुवान संयुक्त संघर्ष समिति र सरकारसँग भएको सम्झौता विपरीत फैसला आएको भन्दै टीकापुर राजबन्दीहरूउपर लगाइएको झुठा मुद्दा फिर्ता लिन माग गरेको छ। उसले पहिचानको आन्दोलनसँग जोडिएको मुद्दामा सरकारसँग टीकापुर घटनामा राजनीतिक तवरबाट समाधान गर्न माग गरेको छ।

टीकापुर घटनामा थारू कल्याणकारिणी सभाका सभापति धनिराम चौधरी पनि प्रहरीको फरार सूचीमा रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *