संसदमा अरुण चौधरीको प्रश्न- युवाहरूले भनिरहेका छन्, बारीमा जाउँ कि खाडीमा सरकार?

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीले उत्पादनमुखी खेतीका लागि ५० प्रतिशतसम्म अनुदान दिनुपर्ने माग गरेका छन्। उनले आगामी बजेटमा किसानका लागि उत्पादनमुखी कामका लागि अनुदान दिनुपर्ने बताए।

उनले तराईमा चक्लाबन्दी खेतीअन्तर्गत तराईमा २० देखि २५ बिघा र पहाडमा ५० रोपनी खेती गर्दा गर्दा ५० प्रतिशत अनुदान दिनुपर्ने बताए। ‘तराईमा ५ बिघा र पहाडमा २५ रोपनी खेती गर्ने किसानलाई उत्पादनको आधारमा अनुदान दिऔं। फर्म र डकुमेन्टको आधारमा पहिल्यै अनुदान दिने काम बन्द गरौं,’ उनले भने, ‘चक्लाबन्दी खेती जुन छ। तराईमा २० देखि २५ बिघा जग्गा र पहाडमा कमसेकम ५० रोपनीमा खेती गर्दा उत्पादनमुखी कामका लागि आगामी बजेटमा ५० प्रतिशत अनुदान दिने व्यवस्था मिलाउने हो भने ब्यापार घाटामा कमी ल्याउन मद्धत पुर्‍याउनेछ।’ विदेशबाट आयात हुने खाद्यान्नलाई रोक्नुपर्ने उनको भनाइ छ।

उनले नेपाली युवाहरूले स्वदेशमै रोजगारी सिर्जना गर्न मतदान गरेको भन्दै नीति निर्माण गरेर युवाहरूलाई रोजगारी सिर्जना गर्नुपर्ने माग गरे। ‘थुप्रै युवाहरूले हामीलाई मत दिएर पठाउनुभएको छ। उनीहरूले स्वदेशमै रोजगारीको सिर्जना होस् भनेर हामीलाई नीति बनाउन पठाएका छन्। कसरी भन्ने हामीले नीति बनाउन सकेनौं भनेर। खाडी मुलुकमा जानुस् भनेर कसरी भन्न सक्छौं,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *