राष्ट्रिय टोलीमा पूजा चौधरीको डेब्यु

मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पूजा चौधरी र शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छन्। एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत बंगलादेशविरुद्धको खेलमा पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै डेब्यु गरेकी हुन्।

बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले मिडल ब्लकर साफिया पुनलाई विश्राम दिर्द कवितालाई मौका दिइन्। त्यस्तै नेपालले खेलमा १४-५ ले अग्रता लिइरहँदा पहिलो सेटमै स्पाइकर सरस्वती चौधरीको स्थानमा सेटर प्रगति नाथ तथा सेटर तथा कप्तान अरुणा शाहीको स्थानमा स्पाइकर पुजा चौधरी कोर्टमा छिर्दै डेब्यु गरिन्।

यस्तै पहिलो सेटमै लिवेरो शान्ति कला तामाङले पनि डेब्यु गरिन्। यससँगै राष्ट्रिय टोलीमा परेका सबै ६ खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। सोमबार मिडल ब्लकर संगम महतो र अपोजिट हिटर रिमा कुँवरले डेब्यु गरेका थिए।

पूजा चौधरी घरेलु भलिबलमा विभागीय नेपाल एपिएफ क्लबबाट खेल्ने गर्छिन्। उनी पनि सम्भावना बोकेकी खेलाडी हुन्। राष्ट्रिय टोलीमा एपिएफका खेलाडीको दबदबा रहँदा सुरुवाती समयमा उनले पहिलो रोजाईमा खेल्ने अवसर पाइनन्।

तस्बिर सौजन्य : चन्द्रबहादुर आले/अनलाइनखबर




Leave a Reply

Your email address will not be published. Required fields are marked *