थारू समाचार

राजधानीबासी थारूले मनाए अस्टिम्की (फोटोसहित)

राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। अग्रासन थारु महिला समूहले आयोजना गरेको अस्टिम्की पर्व बुधबार मनाइएको हो। बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा थारू महिलाहरू थारू पहिरनमा सजिएर यो पर्व मनाएका हुन्। अस्टिम्की पर्वमा बरघर्‍या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर चित्रको पूजा अर्चना...

थारूवान

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेबिसंघ)को बारा अध्यक्षको जिम्मेवारी समीर चौधरीले पाएका छन्। बाराको कोल्हबी निवासी चौधरीलाई नेबिसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अध्यक्षको जिम्मेवारी सुम्पेका हुन्। चौधरीले आजै नेबि संघ बाराको पदभार सम्हालेका छन्। अब तीन महिनाभित्र उनले बाराको अधिवेशन सम्पन्न गर्नुपर्नेछ।

थारूवान

राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। अग्रासन थारु महिला समूहको संयोजकत्वमा भदौ २० गते अस्टिम्की पर्व मनाउन लागिएको हो। जसको संयोजक किरण चौधरी रहेकी छन्। उनकै संयोजकत्वमा काठमाडौंमा रहेका थारू संघसंस्थाहरूले भदौ २० गते संयुक्तरूपमा अस्टिम्की पर्व आयोजना गर्दैछ। कार्यक्रम बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ।...

थारूवान

नेपाल न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूहअन्तर्गत रा.प. तृतीय श्रेणी शाखा अधिकृतमा नाम निकाल्न सफल चार जना सम्मानित भएका छन्। थारू विद्यार्थी समाज केन्द्री कमिटीले उनीहरूलाई शनिबार सम्मान गरेको हो।

थारूवान

अमेरिकामा पनि अस्टिम्की पर्व मनाउने भएको छ। चम्पन सांस्कृतिक समूहले अमेरिकाको टेक्सासस्थित इर्भिङमा अस्टिम्की मनाउन लागेको हो। थारू समुदायको पर्वलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न अस्टिम्की मनाउ लागिएको संयोजकसमेत रहेका चम्पन सांस्कृतिक समूहका प्रमुख कोरियोग्राफर दीपक दिपले जानकारी दिए। उनीसँगै चम्पनका कलाकारद्वय करिश्मा चौधरी र दिव्या चौधरीको पनि सहभागिता रहनेछ।

थारूवान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई थारू विभागको जिम्मेवारी दिइएको छ। सभापति शेरबहादुर देउवाले नेता चौधरीलाई थारू विभाको प्रमुखमा मनोनीत गरेका छन्। देउवाले अन्य १४ वटा विभागको प्रमुखसमेत मनोनित गरेका छन्।

थारूवान

झलनाथ खनाल/रासस कैलालीको जोशीपुर गाउँपालिकाकी सुकरानी चौधरीको दिन आजभोलि कुला र वर्षात्को पानीले बनेका तलाउतिर बित्ने गरेको छ। बर्खाको खेती लगाइसकेपछि कामको चाप नहुने भएपछि फुर्सदको समयमा उनी माछा, झिङ्गेमाछा र घोँगी खोज्छिन्।

थारूवान

नेपाल न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूहअन्तर्गत रा.प. तृतीय श्रेणी शाखा अधिकृतमा चार जना थारूले नाम निकाल्न सफल भएका छन्। लोक सेवा आयोगले लिएको परीक्षामा कैलालीका दुई जना र दाङ र रौतहट एक-एक जनाले नाम निकाल्न सफल भएका हुन्।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलालले तीन वर्षदेखि २२८ वटा नर्सिङ कलेज बन्दा हुँदा अर्बौं नेपाली रुपैयाँ विदेशमा गएको र शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा ऐन संशोधनका लागि पठाएको विधेयक कानुन मन्त्रालयले रोकेको भन्दै कानुनमन्त्रीलाई प्रश्न गरेका छन्।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइबारे संसदमा प्रश्न उठेको छ। नेकपा एमालेका सांसद एकनाथ ढकालले सर्वोच्च अदालतले दोषी ठहर गरेकालाई सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदै आम माफीले चोख्याउने कोसिस भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न गरेका थिए।

थारूवान
1 26 27 28 29 30 153