सरकारी वकिलमा नाम निकाल्ने थारू समुदायका चार जना सम्मानित

नेपाल न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूहअन्तर्गत रा.प. तृतीय श्रेणी शाखा अधिकृतमा नाम निकाल्न सफल चार जना सम्मानित भएका छन्। थारू विद्यार्थी समाज केन्द्री कमिटीले उनीहरूलाई शनिबार सम्मान गरेको हो।

थारू समुदायबाट सरकारी वकिल बन्न सफल उनीहरूलाई विद्यार्थी समाजले सम्मान गरेको अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए। उनीहरूसँगै एसएलसीमा ए प्लस ल्याई उत्तीर्ण भएका थारू विद्यार्थीहरू सम्मानित भएका थिए।

लोक सेवा आयोगले लिएको परीक्षामा रौतहट गुजराका उमेशविजश्री, कैलाली धनगढीका ज्योती चौधरी, कैलाली जानकीका पूजा चौधरी र दाङ लमहीका विष्णुकुमारी चौधरीले नाम निकालेका थिए।

उमेशविजश्री, ज्योती र पूजाले खुलाबाट नाम निकालेकी हुन् भने विष्णुकमारी आदिवासी जनजाति समूहबाट नाम निकालेकी हुन्। पहिलोपटक एकैपटक चार जना थारुले न्याय सेवामा प्रवेश पाएका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *