न्याय सेवामा एकैपटक चार जना थारूले निकाले शाखा अधिकृतमा नाम

नेपाल न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूहअन्तर्गत रा.प. तृतीय श्रेणी शाखा अधिकृतमा चार जना थारूले नाम निकाल्न सफल भएका छन्। लोक सेवा आयोगले लिएको परीक्षामा कैलालीका दुई जना र दाङ र रौतहट एक-एक जनाले नाम निकाल्न सफल भएका हुन्।

जसअनुसार रौतहट गुजराका उमेशविजश्री, कैलाली धनगढीका ज्योती चौधरी, कैलाली जानकीका पूजा चौधरी र दाङ लमहीका विष्णुकुमारी चौधरी छन्। विष्णुकुमारी पूर्वकमलरीसमेत हुन्।

उमेशविजश्री, ज्योती र पूजाले खुलाबाट नाम निकालेकी हुन् भने विष्णुकमारी आदिवासी जनजाति समूहबाट नाम निकालेकी हुन्। पहिलोपटक एकैपटक चार जना थारुले न्याय सेवामा प्रवेश पाएका हुन्। यसअघि प्रशासनतर्फ एकैपटक ९ जना थारूले शाखा अधिकृतमा नाम निकालेका थिए।




3 thoughts on “न्याय सेवामा एकैपटक चार जना थारूले निकाले शाखा अधिकृतमा नाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *