राजधानीबासी थारूले मनाए अस्टिम्की (फोटोसहित)

राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। अग्रासन थारु महिला समूहले आयोजना गरेको अस्टिम्की पर्व बुधबार मनाइएको हो। बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा थारू महिलाहरू थारू पहिरनमा सजिएर यो पर्व मनाएका हुन्।

अस्टिम्की पर्वमा बरघर्‍या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर चित्रको पूजा अर्चना गरिन्छ। यो पर्व कपिलवस्तु, रुपन्देहीदेखि पश्चिम दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतम धुमधामाका साथ मनाइन्छ। सप्तमीको रातमा भाले नबास्दै राति माछा, अन्य तरकारी पकाइ दर खाने चलन हुन्छ। जसलाई थारू भाषामा ‘डट्कन खैना’ पनि भनिन्छ। त्यसपछि अष्टमीको दिनभरि ब्रतालुहरु निराहार ब्रत बस्छन्। बिहानैदेखि अष्टिम्कीको चित्र बनाउने कार्यमा लागेका हुन्छन्। चित्र बनाउनेहरु पनि निराहार हुन्छन्। चित्र बनाउने ठाउँमा ब्रत नबसेको मानिस जान वर्जित हुन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *