कांग्रेस थारू विभागको प्रमुख बने योगेन्द्र चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई थारू विभागको जिम्मेवारी दिइएको छ। सभापति शेरबहादुर देउवाले नेता चौधरीलाई थारू विभाको प्रमुखमा मनोनीत गरेका छन्। देउवाले अन्य १४ वटा विभागको प्रमुखसमेत मनोनित गरेका छन्।

थरुहट नेताको रूपमा चिनिने योगेन्द्र चौधरी थारु मुद्दाका सवालमा प्रखर नेता मानिन्छन्। उनी विजय गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य बनेका थिए। त्यतिबेला थारु मुद्दाका विषयमा संसदमा आवाज उठाउने उनी प्रमुख नेतासमेत हुन्।

टीकापुर घटनापछि रेशम चौधररीसहितका राजबन्दीहरूको रिहाइका सवालमा आवाज उठाउने उनैले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग रेशम चौधरीको भेट दिल्लीमा गराएका थिए।

देउवाले कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय विभाग, पुष्पा भुसाललाई महिला विभाग, चीनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार विभाग, किरण यादवलाई तराई-मधेश समन्वय विभाग, गेहेन्द्र गिरीलाई ज्येष्ठ नागरिक समन्वय विभाग, आङ्गेलु शेर्पालाई पर्यटन विभाग, डा. रणबहादुर रावललाई गैरसरकारी संस्था समन्वय विभाग, दिलमान पाख्रिनलाई आदिवासी जनजाति विभाग, प्रकाश रसाईली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग, रंगमती शाहीलाई पिछडिएको क्षेत्र विभाग, गुरु बराललाई आपूर्ति तथा उपभोक्ता विभाग, नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय विभाग, मदनकृष्ण श्रेष्ठलाई अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग र सीता थपलिया (उर्मिला)लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको जिम्मेवारी तोका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *