थारू समाचार

सम्झौता कार्यान्वयन नहुँदा मुक्त कमलरीलाई शिक्षा र स्वास्थ्यको चिन्ता

घोराही उपमहानगरपालिका–६ भगवानपुरकी सुस्मा चौधरी दाङको नर्तीमा रहेको लावाजुनी छात्राबासमा बसेर राप्ती प्राविधिक शिक्षालयमा अमिन पढिरहेकी छिन् । पढाइ सकिएपछि माथिल्लो पढाइ कसरी पूरा गर्ने भन्ने चिन्ता लाग्ने गरेको उनले बताइन् । उच्च शिक्षा अध्ययनका लागि राज्यले कि रोजगारी दिनुपर्ने कि छात्रवृत्ति दिनुपर्ने माग उनको छ ।

थारूवान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा बनेको जाँडलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्नुपर्ने बताएका छन्। दाङको भालुवाङमा आज आयोजित प्रदेशस्तरीय नागरिक शिखर सम्मेलनमा उनले सरकारले जाँड बनाएर निर्यात गर्नका लागि बजेटको व्यवस्थासमेत गरेको बताए।

थारूवान

नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले विज्ञप्ति जारी गर्दै आगामी असोज १२ र १३ गतेका लागि बैठक आह्वान गरेकी हुन्। टीकापुरमा बस्ने भनिएको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ।

थारूवान

लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ सर्वसम्मतले पारित भएको छ। जसमा १५ प्रतिशत थारू रहेक लुम्बिनी प्रदेशमा १४ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ। यो अन्य प्रदेशमा थारूलाई छुट्याइएको आरक्षणभन्दा धेरै राम्रो हो।

थारूवान

पूर्व पश्चिम राजमार्गमा बाँकेको शम्शेरगन्ज नजिक बस दुर्घटना हुँदा बर्दियाको ठाकुरबाबा नगरपालिका-९ बेतहनीका सात जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख इन्सपेक्टर गोपीकृष्ण सुवेदीका अनुसार अनुसार दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्ज...

थारूवान

प्रमुख सचिव तथा सचिवहरूको अनियमित सरुवाले हैरान बनेको लुम्बिनी प्रदेशले पदावधि तोकेरै ऐन निर्माण गरेको छ। प्रदेश निजामती कर्मचारी विधेयक प्रदेश सभाको बैठकले सर्वसम्मतरूपमा पारित गरेको हो।

थारूवान

सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०लाई संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० पनि संघीय संसदमा पेस गर्नेनिर्णय गरेको छ।

थारूवान

राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। अग्रासन थारु महिला समूहले आयोजना गरेको अस्टिम्की पर्व बुधबार मनाइएको हो। बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा थारू महिलाहरू थारू पहिरनमा सजिएर यो पर्व मनाएका हुन्। अस्टिम्की पर्वमा बरघर्‍या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर चित्रको पूजा अर्चना...

थारूवान

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेबिसंघ)को बारा अध्यक्षको जिम्मेवारी समीर चौधरीले पाएका छन्। बाराको कोल्हबी निवासी चौधरीलाई नेबिसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अध्यक्षको जिम्मेवारी सुम्पेका हुन्। चौधरीले आजै नेबि संघ बाराको पदभार सम्हालेका छन्। अब तीन महिनाभित्र उनले बाराको अधिवेशन सम्पन्न गर्नुपर्नेछ।

थारूवान

राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। अग्रासन थारु महिला समूहको संयोजकत्वमा भदौ २० गते अस्टिम्की पर्व मनाउन लागिएको हो। जसको संयोजक किरण चौधरी रहेकी छन्। उनकै संयोजकत्वमा काठमाडौंमा रहेका थारू संघसंस्थाहरूले भदौ २० गते संयुक्तरूपमा अस्टिम्की पर्व आयोजना गर्दैछ। कार्यक्रम बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ।...

थारूवान
1 25 26 27 28 29 152