नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठकमा सहभागी नहुने सदस्यलाई बर्खास्त गर्ने

नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले विज्ञप्ति जारी गर्दै आगामी असोज १२ र १३ गतेका लागि बैठक आह्वान गरेकी हुन्। टीकापुरमा बस्ने भनिएको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ।

बैठकमा उपस्थित नहुने केन्द्रीय सदस्यलाई बर्खास्त गर्ने परिपत्रमा उल्लेख छ। ‘यस बैठकमा उपस्थित नहुने केन्द्रीय सदस्यीयहरूलाई स्वतः केन्द्रीय सदस्य पदबाट बर्खास्त गरिनेछ,’ परिपत्रमा भनिएको छ।

त्यस्तै बैठकमा उपस्थिति हुनअघि अनिवार्यरूपमा आफ्नो वडा, पालिका, जिल्ला, क्षेत्र र प्रदेश कमिटी पूर्ण रूपमा गठन गरी नामावलीसहित उपस्थित हुनुपर्ने परिपत्रमा लेखिएको छ। उपस्थित सदस्यले आफ्नो केन्द्रीय सदस्यको प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने र प्रत्येक वडाबाट अनिवार्यरूपमा दुई महिलासहित भुगोल तथा जातको आधारमा सबैलाई समावेश हुने गरी ६ जना महाधिवेशन प्रतिनिधिको नामावली बैठकमा पेस गर्नुपर्ने परिपत्रमा भनिएको छ।

यसअघि काठमाडौंमा नागरिक उन्मुक्ति पार्टीको प्रदेश प्रमुखहरूको बैठक र सचिवालय बैठक बसेपनि आधिकारिक निर्णयहरू सार्वजनिक गरिएको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *