समीर चौधरीलाई नेबिसंघ बारा अध्यक्षको जिम्मेवारी

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेबिसंघ)को बारा अध्यक्षको जिम्मेवारी समीर चौधरीले पाएका छन्। बाराको कोल्हबी निवासी चौधरीलाई नेबिसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अध्यक्षको जिम्मेवारी सुम्पेका हुन्। चौधरीले आजै नेबि संघ बाराको पदभार सम्हालेका छन्। अब तीन महिनाभित्र उनले बाराको अधिवेशन सम्पन्न गर्नुपर्नेछ।

नेबिसंघ बाराले रिक्त रहेको पदमा चौधरीको नाम सिफारिस गरेपछि अध्यक्ष शेर्पाले उक्त जिम्मेवारी सुम्पेका हुन्। ‘उपरोक्त सम्बन्धमा नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयले जिल्लाहरूमा विवरण मागे बमोजिम मिति २०७९ / १०/१५ गते प्राप्त नेपाली कांग्रेस, बारा जिल्लाको पत्रअनुसार र नेपाल विद्यार्थी संघ बाराको अध्यक्ष पद रिक्त रहेकाले र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकाले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तपाईँलाई नेपाल विद्यार्थी संघ बारा जिल्लाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ,’ अध्यक्ष शेर्पाले भनेका छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *