थारू समाचार

सर्वोच्चको फैसलाअनुसार थारु कोटाको विज्ञापन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

थारू कल्याणकारिणी सभाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ। सर्वोच्च अदालतले दिएको परमादेशअनुसार यथाशिघ्र थारू कलस्टरको व्यवस्था गर्न माग गर्दै सभाले सोमबार प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको हो।

थारूवान

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशबाट पाँच जनाले मनोनयन दर्ता गराएका छन्। आज जनकपुरधामस्थित निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमासत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेस र जसपाबाट एक-एक जना, नेकपा (एमाले)बाट दुई जना र सत्ता गठबन्धमै रहेको जनमतबाट छुट्टै एक जनाले उम्मेदवारी दर्ता गराए।

थारूवान

प्रतिनिधिसभा सदस्यका रूपमा यो एक वर्षको कार्यकाल त्यति सन्तोषजनक रहेन । जनताका मुद्दा उठान र कानुन निर्माणका लागि मैले व्यक्तिगतरूपमा शतप्रतिशत कोसिस गरेँ, तर सोचेजस्तो भएन । संसदीय अभ्यासको एक वर्षको समीक्षा गर्दैगर्दा सदनमा हामीले जनताका मुद्दा उठाउन चुकेनौँ ।

थारूवान

१९ सिटका लाग हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो। आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुने छ।

थारूवान

थारू कल्याणकारिणी सभाको आयोजनामा दाङको घोराहीमा ‘माघ साँस्कृतिक महोत्सव’को आयोजना गरिएको छ। महोत्सवको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गरे। घोराहीको ट्राफिकचोकबाट सुरु भएको झाँकीसहितको जुलुस बजार परिक्रमापछि शहीदमञ्चमा पुगेर सभामा परिणत भएको थियो।

थारूवान

अविनाश चौधरी। थारु आयोगले थारु समुदायको विविध सवालमा प्रदेश, स्थानीय तहका जनप्रतिनिधि र बुद्धिजीवीसँग छलफल गरेको छ। आज धनगढीमा कार्यक्रम आयोजना गरेर आयोगले थारु समुदायका लागि हुनुपर्ने नीतिगत व्यवस्था, समावेशिता, पाउनु पर्ने सेवा सुविधालगायतको विषयमा छलफल गरेको हो।

थारूवान

पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउन थालेका छन्। तर, कला-संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन्। चितवनको रत्ननगर नगरपालिका–१० भानु चोककी जानकी चौधरी ढकियालगायत थारु...

थारूवान

भारतीय विदेश मन्त्री एस जयशंकरले सन् २०२४ को पहिलो भ्रमण नेपालबाट गरेका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै विदेशमन्त्री जयशंकरले आफूले नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा हर्षित भएको बताएका हुन्। ‘सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन...

थारूवान

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

थारूवान

थारू कल्याणकारिणी सभाले न्यायाधीश सिफारिसमा थारू कलष्टरलाई समावेशी गराउन माग गरेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको संविधान र कानुन बमोजिम न्‍यायाधीश सिफारिसमा समानुपातिक समावेशी रुपमा कार्यान्वयन गर्न माग गर्दै थाकसका महामन्त्री प्रेमीलाल चौधरीको नेतृत्वमा थारू अधिवक्ताहरूले संयुक्त रुपमा माग गरेका हुन्। संविधानको प्रस्तावना र धारा...

थारूवान
1 13 14 15 16 17 151