नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा हर्षित छु : भारतीय विदेशमन्त्री

भारतीय विदेश मन्त्री एस जयशंकरले सन् २०२४ को पहिलो भ्रमण नेपालबाट गरेका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै विदेशमन्त्री जयशंकरले आफूले नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा हर्षित भएको बताएका हुन्।

‘सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु।’ उनले ट्वीट गर्दै भनेका छन्,‘आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित छु।’

विदेशमन्त्री जयशंकरले आजै उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्। उनी ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन्। राष्ट्रपतिसँगको भेटवार्तापश्चात मध्यान्ह १२ बजे पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेटघाट गर्ने कार्यतालिका छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *