उच्च अदालतको न्यायाधीशमा अधिवक्ता नरेश चौधरी सिफारिस, खुसी थारू पाटनमा सरुवा

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश छन्। न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ।

त्यस्तै ९ जना कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ। अधिवक्ता प्रप्रनं ९१५४ सर्लाहीका नरेशकुमार चौधरी पनि न्यायाधीशमा सिफारिस भएका हुन्।

बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ। उच्च अदालत जनकपुरको वीरगन्ज इजलाशमा रहेका न्यायाधीश खुसीप्रसाद थारुलाई उच्च अदालत पाटनमा सरुवा गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *