दाङमा माघ महोत्सव (फोटो फिचर)

थारू कल्याणकारिणी सभाको आयोजनामा दाङको घोराहीमा ‘माघ साँस्कृतिक महोत्सव’को आयोजना गरिएको छ। महोत्सवको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गरे। घोराहीको ट्राफिकचोकबाट सुरु भएको झाँकीसहितको जुलुस बजार परिक्रमापछि शहीदमञ्चमा पुगेर सभामा परिणत भएको थियो।

‘आर्थिक जागरण र साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, सामाजिक न्यायसहितको समृद्धिमा हाम्रो योगदान’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवमा थारु परिकार, माछा, घोंगी, गंगटा, सुंगुरको मासु, लोकल भालेको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटी, झोलसहितका परिकारहरू बिक्री वितरणको लागि राखिने आयोजकले जनाएका छ। महोत्सव भोलि पुस २१ गतेसम्म चल्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *