थारू समाचार

एमाले घोराहीको अध्यक्षमा भुवन चौधरी र लमहीमा दण्डिराम चौधरी निर्वाचित

नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशन अन्तर्गत दाङमा भएको पालिका स्तरीय अधिवेशनमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरिएको छ । मगंलबार एकै पटक देशभर सुरु एमाले पालिका स्तरीय अधिवेशनमा दाङमा आकाङ्क्षीहरू धेरै भए पनि राति अबेरसम्म सर्वसम्मत गराएको दाङ जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् ।

थारुवान संबाददाता

बाँकेमा राप्ती नदीको पुलबाट हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेका अनुसार, राप्ती सोनारी गाउँपालिका–३ की २० वर्षीया दिपा थारु नदीमा हाम फालेकी हुन् । श्रीमान जोगिराम थारुसँग विवाद भएपछि दीपा रातको २ बजे राप्ती नदीमा हाम फालेर आत्महत्या गरेकी हुन्।

थारुवान संबाददाता

युनिक नेपालको अध्यक्षमा प्रिमबहादुर थारु पुनः निर्वाचित भएका छन्। बर्दियाको राजापुरमा शनिबार सम्पन्न १२औं महाधिवेशनबाट उनी पुनः निर्वाचित भएका हुन्।

थारुवान संबाददाता

नेकपा एमालेको वडा अधिवेशनअन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-६ मा १९ वर्षीया युवती वडा सचिव बन्न सफल भएकी छन्। एमालेका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन भएकी हुन्।

थारुवान संबाददाता

सहिद दिलिप चौधरीको सम्झानामा स्मृति स्तम्भको अनावरण गरिएको छ। सप्तकोशी नगरपालिकाको वडा ५ स्थित गंगाजलीमा स्मृति स्तम्भको अनावरण गरिएको हो। नेकपा एमालेकी सचेत शान्ता चौधरी र सहिद दिलिप प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले सुयुक्तरुपमा स्मृति स्तम्भको अनावरण गरेका थिए।

थारुवान संबाददाता

तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका वस्ती डुबानमा परेका छन् । सो क्षेत्रका १२ सय घर र सयौं विघामा लगाइएको धानबाली डुबानमा परेको बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।

थारूवान

यस वर्षको जनगणनामा थारुहरुको वास्तविक तथ्यांक समावेश गरी थारु समुदायको हक अधिकार सुनिश्चित गरी हरेक तहमा पहुँचका लागि थारु अगुवाहरुलाई सचेत गराएका छन्।

सुकदेब चौधरी

बर्दियामा पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला परेको छ। पाटे बाघले बेपत्ता बनाएको ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको हो।

थारुवान संबाददाता

हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ। राजापुर १० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ एक किमी टाढा बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षका बेचन दहितको मृत्यु भएको हो। घर फर्किंदै गर्दा गए राति उनलाई हात्तीले सुँड र खुट्टाले कुल्चिएको अनुमान गरिएको छ।

थारुवान संबाददाता

आठ महिनाका लागि मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । १६ महिना कार्यकाल बाँकी रहेका एमालेका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन पाँच दलीय गठबन्धनले माओवादीबाट केसी ८ महिना र कांग्रेसबाट वीरेन्द्र कनौडिया ८ महिना मुख्यमन्त्री बन्ने सहमति गरेका...

थारुवान संबाददाता