एमाले घोराहीको अध्यक्षमा भुवन चौधरी र लमहीमा दण्डिराम चौधरी निर्वाचित

नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशन अन्तर्गत दाङमा भएको पालिका स्तरीय अधिवेशनमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरिएको छ । मगंलबार एकै पटक देशभर सुरु एमाले पालिका स्तरीय अधिवेशनमा दाङमा आकाङ्क्षीहरू धेरै भए पनि राति अबेरसम्म सर्वसम्मत गराएको दाङ जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् ।

दाङका जिल्ला दश स्थानीय तहमा सहमतिमा नगर तथा पालिका स्तरीय संगठन कमिटी निर्माण गरिएको छ। यहाँ २ वाट उपमहानगरपालिका , १ नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलको गृह जिल्लासमेत रहेको दाङमा नयाँ नेतृत्वको लागि आकाङ्क्षीहरु धेरै देखिए पनि अन्तत: सर्वसम्मत गराएर पार्टीको जिल्ला स्तरको नेतृत्व सफल भएको हो । ।

नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत तुलसीपुर नगरको अध्यक्षमा माधव ओली सर्वसम्मत चयन भएका छन् । नगर अधिवेशनले ओलीको अध्यक्षतामा ८५ सदस्यीय नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मण चौधरी, सचिवमा रूपबहादुर खत्री, सहसचिवमा युवा करारा, छवि खरेल, र आर्थिक विभाग प्रमुखमा टोपेन्द्र केसी चयन भएका छन् ।

घोराही उपमहानगरपालिकामा भुवन चौधरीको अध्यक्षतामा ७३ सदस्यीय नगर संगठन कमिटी गठन गरिएको छ। उपाध्यक्षमा तारा पुरी, सचिव ईन्द्र बुढाथोकी, उपसचिव काँशीराम खनाल र कुलबहादुर गोतामे रहेका छन्।

लमही नगरपालिकामा दण्डिराम चौधरीको अध्यक्षतामा ६९ सदस्यीय नगर संगठन कमिटी गठन गरिएको छ। उपाध्यक्षमा पुनम घर्तीमगर, सचिवमा भानु जोशी, उपसचिवमा सुदर्शन थापा र अनिता शर्मा रहेका छन्।

बंगलाचुली गाउँपालिकामा पुष्पराज भण्डारीको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरिएको छ। उपाध्यक्षमा भीमबहादुर खत्री, सचिवमा भोजराज पन्त, उपसचिवमा पूर्णबहादुर सारू मगर चयन भएका छन्। महिला उपसचिव पछि छनोट गरिने छ ।

राजपुर गाउँपालिकामा हेमकुमार जिसीको अध्यक्षतामा ४० सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरिएको छ। उपाध्यक्षमा गोविन्द विक, सचिवमा मन्साराम यादव, उपसचिवमा पिममाली घर्ती र लोकबहादुर खड्का रहेका छन्।

गढवा गाउँपालिकामा बाबुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरिएको छ। उपाध्यक्षमा मधा न्यौपाने, सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली रहेका छन्।

शान्तिनगर गाउँपालिकामा धनबहादुर केसीको अध्यक्षतामा ४३ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरिएको छ। उपाध्यक्षमा थम्मनबहादुर कनौ मगर, सचिवमा टीकाराम रिजाल, उपसचिवमा शान्ति कँडेल र राकेश बुढाथोकी रहेका छन्।

राप्ती गाउँपालिका संगठन कमिटीको अधिवेशनले मदन अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा कमलापति चौधरी, सचिवमा भरतमणि न्यौपाने, उपसचिवमा रामबहादुर सुनार र रामबहादुर केसी सर्वसम्मतिबाट चयन भएका छन्। ​दंगीशरणमा रेशम वली, बबई गाउँपालिकामा जीतबहादुर वली, रहेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *